Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापको विटार पार्कमा बन्यो मिनी धरहरा र सेल्फी टावर (फोटोमा)

संवादाताः रामचन्द्र वि.क.
पुस २५, २०७७

रामेछाप– रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको विटार पार्कले अहिले सबैको ध्यान खिचेको छ । अहिले यहाँ बनेका विभिन्न प्रकारका संरचनाहरु हेर्न दैनिक जसो सयौंको संख्यामा मानिसहरु आउछन् । केही समय अघि जारी भएको नेपालको नक्सा देखि सगरमाथाको आकृति सम्म हेर्न पाइने विटार पार्कमा अहिले अर्का दुई ठुला संरचना पनि थपएिका छन् । ति दुई संरचना हुन् विटार पार्क लगायत आसपासको दृश्य देखिने सेल्फी टावर र काठमाण्डौमा रहेको धरहराको नमूना ।

मिनी धरहराको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगर

लकडाउनको समयमा रासमले (रामेछापका सहयोगी मनहरु) गौचरणमा परिणत भएको विटारलाई पार्कको रुपमा चिनाउदै पर्यटक भित्र्याउन सुरु गरेको अभियान अहिले सफल भएको छ । सफल हुनुमा यहाँ सबैले कुनै स्वार्थ नराखी सहयोग गर्नु हो । विटार पार्कमा रहेका विभिन्न बस्तुका नमूना, आकृति र संरचनाहरु निर्माणमा समाजसेवी, राजनीतिक दलका नेता र स्थानीय सरकारले सहयोग गर्दै आएका छन् । शनिबारबाट संचालनमा आएको सेल्फी टावर निर्माणको लागि नेपाली काँग्रेस महासमिति सदस्य भरत चौलागाईले सहयोग गरेका छन् । त्यस्तै शनबिार नै पर्यटकका लागि खुला गरिएको मिनी धरहराको नमूना निर्माणको लागि नेशनल ब्रिडिङ फार्म प्रा.लिले सहयोग गरेको छ ।

चौलागाईको आर्थिक सहयोगमा बनेको सेल्फी टावर र नेशनल ब्रिडिङ फार्म प्रा.लिले निर्माण गरेको मिनी धरहरा शनिबार एक कार्यक्रमको आयोजना गरी विटार पार्क संरक्षण समिर्ति हस्तान्तरण गरिएको छ ।

सेल्फी टावर र मिनी धरहरा हस्तान्तरण कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले एउटा स्वतन्त्र समूहले सुरु गरेको काममा सुरुदेखि नै नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । रामेछाप नगरपालिकाको वडा नं ८ मा रहेको विटार पार्कमा तारबार लगाउन र बहिरी गेट बनाउन पार्क निर्माणको सुरुमै आर्थिक सहयोग गरेको नगरपालिकाले पार्कलाई थप व्यवस्थित बनाउन चालु आर्थिक वर्षका लागि दश लाख छुट्याएको पनि नगर प्रमुख थापामगरले बताए । रामेछाप नगरपालिकाको प्रवेशद्वारका रुपमा रहेको विटार पार्कलाई व्यवस्थित बनाउनको लागि डिपिआर तयार गरेर काम गरिने पनि नगर प्रमुखको भनाई रहेको छ । त्यस्तै कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकाको केन्द्र नजिकै रहेको विटार पार्कलाई थप रमणिय र व्यवस्थित बनाउनको लागि मन्थली नगरपालिकाले पनि सहयोग गर्ने बताए । पार्क रामेछाप नगरपालिकामा पर्ने भएपनि मन्थली नगरपालिकाले बढी उपभोग गर्ने भएकाले विटार पार्कको आसपासको क्षत्रलाई समेत समेटेर विकास गर्नु पर्नेमा नगर प्रमुख बस्नेतको जोड रहेको छ ।

नेशनल ब्रिडिङ फार्म प्रा.लिका संचालक रुद्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, नेपाल नेपाली काँग्रेस रामेछापका पुर्व पार्टी सभापति रामचन्द्र खड्का, नेपाली काँग्रेस महासमिति सदस्य भरत चौलागाई, रामेछाप नगरपालिका– ८ का वडाध्यक्ष केदार कार्की, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य बद्री नयाँघरे, विटार पार्क संरक्षण समितिका उपाध्यक्ष हरिशचन्द्र घिमिरे लगायतले आ–आफ्नो भनाई राख्दै सहयोगी मनहरु सबैलाई धन्यबाद दिएका छन् ।

सेल्फी टावर निर्माणको लागि तीन लाख सहयोग गरेका भरत चौलागाईले पार्कलाई थप व्यवस्थित बनाउनको लागि फेरि एक लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

थप तस्विरमा हेरौँ

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper