Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि माक्स र हात धुने सावुन वितरण

संवादाताः हाम्रो प्रहार
साउन २८, २०७७

रामेछाप– नेपालमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै जान थालेपछि सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापले माक्स र सावुन वितरण गरेको छ । देशैभरी तिव्र रुपमा फैलिई रहेको कोरोना भाईरस समुदय स्तरमा नफैलियोस भन्ने उद्देश्य सहित सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापले मन्थली नगरपालिकाको वडा नम्बर ६ सेलेघाट स्थित माझी समुदयमा पुगेर माक्स र सावुन वितरण गरेको हो ।

विभिन्न जिल्लाबाट रामेछाप प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको सेलेघाटमा बुधबार आयोजना गरिएको एक कार्यक्रममा रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले उक्त समुदायका स्थानीय र त्यही बाटो भएर हिड्ने मानिसहरुलाई माक्स र सावुन वितरण गर्नुभएको छ । माक्स र सावुन वितरण गर्दै प्रनाउ पाठकले मानिसहरुको भिड भएको ठाउँमा हिड्दा नियमित माक्स लगाउने, नियमित रुपमा सावुन पानीले हात धुने र स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्न सके कोरोनाबाट बच्न सकिने हुँदा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न आग्रह पनि गर्नुभयो । करिव एक सय जनालाई वितरण गरिएको माक्स र सावुन आइ एम इ सेन्टर प्रथमा मनि ट्रान्सफरका संचालक एवं रामेछाप उद्योग वाणिज्य संघका सचिब सुरेश उदासले उपलब्ध गराउनुभएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापका अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठ र पत्रकार टीकाप्रसाद भट्टले कोरोनाको महामारीबाट बच्ने उपायको बारेमा धारणा राखेका थिए ।

यसपछि भिरपानीको सित्खा र राकाथुमको लुभुघाटमा समेत मास्क र साबुन वितरण गर्ने कार्यक्रम रहेको सामुदायिक प्रहरी सेवा केन्द्रले बताएको छ ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper