Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाले गत सोमबार तामाकोशी नदीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई काजकिरिया र शववाहन खर्च उपलब्ध गराउने भएको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले मृतकको जातीय संस्कार अनुसार काजकिरिया गर्न लाग्ने खर्च र शव ओसारपसार गर्दा लागेको खर्च पालिकाले व्यहोर्ने निर्णय गरेको हो ।

सोमबार बिहान मन्थली नगरपालिका वडा नं. ६ स्थित त्रिवेणी नजिकै भएको बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाका मात्रै ८ जनाको मृत्यु भएको थियो भने दुई जना अझै बेपत्ता छन् ।दुर्घटनामा परी आफ्ना नागरिकले ज्यान गुमाएको र केही अझै बेपत्ता रहेको घटनाले सिङ्गो गाउँपालिका स्तब्ध भएको बताउँदै गाउँपालिका अध्यक्ष केशव महतले मृतक तथा बेपत्ताको सम्मानमा सार्वजनिक बिदा दिने र किरिया खर्च उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

बेपत्ता भएका व्यक्तिहरूको हकमा जिल्ला प्रशासन कार्यालयले आधिकारिक रूपमा प्रमाणित गरेपछि मृतकका परिवार सरह नै सहयोग उपलब्ध गराइने अध्यक्ष महतले बताए । पालिकाले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका छोराछोरीको शिक्षा र पठनपाठनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । दुर्घटनामा ज्यान गुमाएका नागरिकहरूको सम्मान र शोकमा गाउँपालिकाले फागुन ४ गते गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ठूलो संख्यामा नागरिक गुमाउनु पर्दा सिङ्गो पालिका शोकमा डुबेको उल्लेख गर्दै अध्यक्ष महतले मृतकका परिवारको पीडामा साथ दिन र उनीहरूप्रति श्रद्धासुमन अर्पण गर्न बिदा दिइएको बताए ।

सोमबार विहान काठमाण्डौंबाट रामेछाप हुँदै ओखलढुंगा तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा लिखुतामाकोशी गाउँपालिकाका ८ सहित १२ जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए । दुर्घटनामा परेका अझै तीन यात्रु वेपत्ता छन् ।

Related Posts

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper