

रामेछाप– फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा प्राय सबै जसो पार्टीहरूले आफ्नो उम्मेदवार टुंग्याएका छन् । उम्मेदवारी दर्ताको अघिल्लो रात अर्थात् सोमबार राती सम्ममा पुरानादेखि नयाँ दल सम्मले आ–आफ्नो पार्टीको उम्मेदवार टुंगो लगाएका हुन् ।



नेपाली काँग्रेसले रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले माधव प्रसाद ढुंगेललाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले श्याम कुमार श्रेष्ठ कुशललाई उम्मेदवार बनाएको छ । त्यसै गरी रास्वपाले डा. कृष्ण हरी बुढाथोकीलाई उम्मेदवार बनाउँदा भर्खरै दर्ता भएको उज्यालो नेपाल पार्टीको तर्फबाट दिपबहादुर योञ्जन उम्मेदवार बनेका छन् भने राप्रपाले गोरेबहादुर तामाङ उम्मेदवार बनाएको छ । त्यस्तै श्रम संस्कृति पार्टीको तर्फबाट डिबि थापा मगर उम्मेदवार भइसकेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताको लागि बिहान १० बजेदेखि साँझ ५ बजे सम्मको समय तोकेको छ ।

















