

रामेछाप– कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी रामेछापको संयोजकमा अन्जन लामा चयन भएका छन् । सोमबार सदरमुकाम मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टी रामेछापको प्रथम भेलाबाठ जिल्ला संयोजकमा घिसिङ चयन भएका हुन् । त्यस्तै भेलाले सचिवमा राजकुमार मैनालीलाई चयन गरेको छ ।



भेलाबाट लामा नेतृत्वको समितिमा भिम बहादुर लामा, अमृत रुम्बा, विक्रम तामाङ, तिलक बहादुर तामाङ, जयराम घिसिङ, मान बहादुर तामाङ, सन्ते तामाङ, राम बल, खड्क थोकर, राजकुमार केसी, शेर बहादुर बल, सुकमान तामाङ, कुमार घिसिङ, कैलाश लामा, सुनिल लामा, नरेश तामाङ, सेरप लामा, अर्जुन घिसिङ, मिन बहादुर घिसिङ, समुन्द्र कुमार थापा, भक्त बहादुर श्रेष्ठ, तिर्थ थापामगर, ज्ञान बहादुर लामा र राजकुमार तामाङ चयन भएका छन् ।
संयोजक बनेका अन्जन लामा माओवादी केन्द्रका नेता हुन भने सचिव बनेका राजकुमार मैनाली नेकपा एमाले निकट युवा संघका नेता हुन् । कुलमान घिसिङको प्रमुख आतिथ्यतामा भएको जिल्ला भेलाबाट घोषणा गरिएको जिल्ला समितिलाई घिसिङले उज्यालो नेपाल पार्टी र उक्त पार्टीको चुनाव चिन्ह लेखिएको क्याप टोपी लाएर आधिकारिकता दिएका थिए ।

















