Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

जेसीजको नेतृत्व चयनका लागि आइतबार निर्वाचन, अध्यक्षका प्रत्यासी कार्की भन्छन- जित निश्चित छ

संवादाताः रामचन्द्र वि.क.
पुस ५, २०८२

काठमाण्डौं- नेपाल जेसीजको वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गर्न आइतबार राष्ट्रिय अध्यक्ष पदको निर्वाचन हुने भएको छ । जनकपुरधाममा सुरु भइसकेको नेपाल जेसीजको ५२औँ राष्ट्रिय अधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि रामेछापका युवा नेता जीवन कार्की चुनावी मैदानमा उत्रिएका छन् ।

अध्यक्ष पदका प्रत्यासी कार्कीले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्दै अधिवेशनमा सहभागी प्रतिनिधिहरूको व्यापक समर्थन आफूले पाएको बताएका छन् । “देशभरका जेसीज सदस्यहरूसँगको निरन्तर संवाद, विश्वास र सहकार्यले मलाई जिततर्फ अग्रसर बनाएको छ,” उनले भने, “यो निर्वाचन केवल व्यक्तिगत जित होइन, नेपाल जेसीजलाई नयाँ उचाइमा पु¥याउने अवसर हो ।”

जनकपुरधाममा भइरहेको ५२औँ राष्ट्रिय अधिवेशनमा कार्कीले आफ्नो स्पष्ट दृष्टिकोण, रणनीति र कार्ययोजना प्रस्तुत गर्ने तयारी गरेका छन् । संगठनभित्र देखिएका चुनौती, युवा नेतृत्वको सशक्तिकरण, संस्थागत सुशासन र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै उनले आफ्नो नेतृत्वलाई परिणाममुखी बनाउने प्रतिबद्धता जनाएका छन् ।

रामेछापबाट आफ्नो जेसीज यात्रा सुरु गरेका जीवन कार्की सन् २०१५ मा नेपाल जेसीजको साधारण सदस्य बनेका थिए । संगठनप्रतिको समर्पण, सक्रियता र नेतृत्व क्षमताका कारण उनी क्रमशः जिम्मेवारीमा अगाडि बढ्दै गए । सन् २०२१ मा शाखा अध्यक्ष, २०२२ मा राष्ट्रिय उपाध्यक्ष र २०२३ मा राष्ट्रिय कार्यकारी उपाध्यक्षको भूमिकामा रहेर उनले संगठनभित्र महत्वपूर्ण योगदान दिएका छन् ।

नेपाल जेसीजको ५१औँ राष्ट्रिय अधिवेशनमा पनि अध्यक्ष पदका उम्मेदवार बनेका कार्की त्यसबेला अत्यन्तै कम मतान्तरले पराजित भएका थिए । त्यतिबेला उनलाई “मन जिते तर मतले हारे” भन्ने उपमा दिइएको थियो, जसले उनको इमानदार, शालीन र प्रेरणादायी नेतृत्वशैलीलाई झल्काएको थियो ।

यसपटक कार्कीले ‘प्रोजेक्ट संकल्प २०२६’ लाई आफ्नो मुख्य अभियानका रूपमा अघि सारेका छन् । उक्त परियोजनाले संगठनभित्र एकता, पारदर्शिता, सहकार्य र समावेशितालाई संस्थागत गर्ने लक्ष्य लिएको छ ।

उनका अनुसार, नेतृत्व भनेको केवल पद प्राप्त गर्नु मात्र होइन, संगठन र समाजमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी हो । “नेतृत्व केवल कुर्सीमा बस्नु होइन, सदस्यहरूको सपना, संगठनको मूल्य र समाजप्रतिको दायित्वलाई एकैसाथ अघि बढाउने प्रक्रिया हो,” कार्कीले भने ।

उनले स्पष्ट लक्ष्य निर्धारण, योजनाबद्ध कार्यान्वयन र सामूहिक प्रयासबाट मात्र साझा सफलता हासिल गर्न सकिने उल्लेख गरे । “दृढ इच्छाशक्ति र इमानदार प्रयासबाट नेपाल जेसीजलाई अझ सशक्त, प्रभावकारी र विश्वसनीय संस्था बनाउन सकिन्छ,” उनले थपे ।

अधिवेशनमा सहभागी विभिन्न शाखा र क्षेत्रीय प्रतिनिधिहरूले पनि कार्कीको नेतृत्व अनुभव, निरन्तरता र संगठनप्रतिको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएको र संगठनलाई स्थायित्व, नवप्रवर्तन र परिणाममुखी नेतृत्वतर्फ डो¥याउन सक्ने क्षमताका कारण उनी बलियो प्रत्यासीका रूपमा रहेको रामेछाप जेसिज वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष कुमार श्रेष्ठले बताए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper