

रामेछाप– सुनापति गाउँपालिका सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिनमा विभिन्न विधा अन्तरगतका १२ ओटा खेलहरू सम्पन्न भएका छन् । आइतबार र सोमबार सम्पन्न एथ्लेटिक्स तर्फका खेलमा डहु मावि डहु र कृष्णपुरी माविले समान ३/३ स्वर्ण पदक जितेका छन् । डहु मावि वडा नं ४ ले ३ स्वर्ण र ३ रजत पदक जितेको छ । त्यस्तै कृष्णपुरी मावि वडा नं ५ ले पनि ३ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ ।



त्यस्तै पशुपति मावि वडा नं ३ ले २ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको छ भने कुसेश्वर मावि वडा नं ४ ले १ स्वर्ण, १ रजत र १ कास्य पदक जितेको छ । सतलिङ्गेश्वर मावि वडा नं १ ले १ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको जित्दा जलदेवी मावि वडा नं ५ ले १ स्वर्ण, १ रजत र २ कास्य पदक जितेको छ । कृष्णवर्णेश्वर मावि वडा नं २ ले १ रजत र २ कास्य पदक जितेको छ ।
अग्लेश्वर मावि वडा नं २ र बाल मावि भिरकोट वडा नं ५ ले भने हाल सम्म कुनै पनि खेलमा एउटा पनि पदक जितेका छैनन् ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आइतबारदेखि सुरु भएको खेलमा गाउँपालिकाका ९ ओटा माविका विद्यार्थीहरूबीच २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भईहेको र बाँकी खेलहरु मंगलबार सम्पन्न हुने सुनापति गाउँपालिका खेलकुद विकास समितिका सचिव दिनेश नेपालीले बताए ।

















