Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनापतिको पर्यटन विकासमा सबैको एकै स्वर : ‘संरचना निर्माणदेखि सहकार्य सम्ममा सबै लाग्नु पर्छ’

संवादाताः रामचन्द्र वि.क.
साउन ४, २०८२

रामेछाप- सुनापति गाउँपालिकाको पर्यटन विकासका लागि सबै एक भएर लाग्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । पर्यटकीय सम्भावनाको पहिचान, प्रचारप्रसार र विकासका लागि आइतवार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रम प्रतिनिधिसभा सदस्य, पूर्व मन्त्री, विभिन्न राजनीतिक दलका नेताहरू, पर्यटन विज्ञ, लगायतले सुनापतिको पर्यटकीय क्षेत्रको विकास गर्न सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेको प्रतिनिधिसभा सदस्य निवर्तमानमन्त्री पूर्णबहादुर तामा तामाङ कान्छारामले सुनापति गाउँपालिकामा प्रशस्त मात्रामा पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै आधारभूत संरचना निर्माण र पूर्वाधार विस्तार गर्न सकेमा सुनापतिलाई देशको महत्त्वपूर्ण आन्तरिक तथा बाह्य गन्तव्य बन्ने धारणा राखे । उनले उनले खाँडादेवी गाउँपालिका र दोरम्बाशैलुङ्ग गाउँपालिकासम्मको सडकलाई कालोपत्रे गरेर सुनापतिलाई ती गाउँपालिकासँग मजबुत रूपमा जोड्न सकेमा पर्यटक आवागमन सहज हुने बताए । “गाल्पासम्मको सडक कालोपत्रे गर्न सके मात्र पनि सुनापति भित्रका प्राकृतिक र ऐतिहासिक क्षेत्रसम्मको पहुँच सहज भई पर्यटक आकर्षणमा वृद्धि हुनेछ,” उनले भने ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पूर्व सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लामा युद्ध पर्यटनको चर्चा हुँदै आएको उल्लेख गर्दै सुनापतिमा युद्धसम्बन्धी स्मृति स्थलहरूको संरक्षण र व्यवस्थापन गरी पर्यटन विकाससँग जोड्न सकिने धारणा व्यक्त गरे । “सुनापति, खाँडादेवी र दोरम्बाशैलुङ्ग गाउँपालिकालाई समेटेर आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिन्छ,” श्रेष्ठले भने ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेलले सुनापति र दोरम्बाशैलुङ्गबीच समन्वय गरेर पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने बताए । उनले सुनापतिको देसारगाउँ क्षेत्रमा रहेको तामाखानी उत्खननका पुराना सुरुङहरूको वैज्ञानिक अध्ययन र व्यवस्थापन गर्न सकेमा ती क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा थप विकसित गर्न सकिने उल्लेख गरे । पौडेलले अगाडि थपे, “सुनापतिमा सुवेदार जम्दार धारो र अग्लेश्वरी पहाडजस्ता ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाहरू छन्, जसलाई संरक्षण र प्रचारप्रसार गर्न सके यस गाउँपालिकाको पर्यटन समृद्धि तर्फ अघि बढ्न सक्छ ।”

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं रामेछाप इन्चार्ज कमलप्रसाद चौलागाईंले सुनापति क्षेत्रको मौलिकता, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको उपयोग गरी दिगो पर्यटन विकास गर्न सबै लाग्नु पर्नेमा जोड दिए । आफ्नो राजनीतिक कर्मथलोको रूपमा समेत रहेको सुनापतिको पर्यटन विकासमा सबै राजनीतिक दलले सहयोग र सहकार्य गरेर अगाडि बढ्नु पर्ने धारणा राखे ।

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सुनापतिमा भएका पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर विकास गर्न सके भविष्यमा पर्यटन क्षेत्रबाट गाउँपालिकालाई चिनाउन सकिने भनाई राखे । 

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य युवराज चौलागाई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा ’कमल’, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे लगायतले भनाइ राख्दै सुनापतिमा होमस्टे, पदमार्ग, साहसिक पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका उपायहरूबारे धारणा राखेका थिए । उनीहरूले पर्यटन विकासको लागि संघीय र प्रदेश सरकारको लगानी, रणनीतिक योजना, निजी क्षेत्रको संलग्नता तथा स्थानीय तहको सक्रियता अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न संरचना निर्माण, प्रचारप्रसार, संरक्षण तथा सहयोग र सहकार्यमा जोड दिइरहेको बताए । “गाउँपालिकाले पर्यटन सम्भावना भएको क्षेत्रहरूको पहिचान गरेर त्यसको संरक्षण, प्रचारप्रसार तथा पूर्वाधार विकासमा संघीय तथा प्रदेश सरकार, विकास साझेदार संस्था, निजी क्षेत्र र स्थानीय समुदायसँग सहकार्य गर्दै जान चाहन्छ,” उनले भने ।

कार्यक्रमको सुरुवातमा गाउँपालिका उपाध्यक्ष गिता विष्टले कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन भने सुनापति गाउँपालिकामा रहेका पर्यटकीय स्थलहरूको श्रब्यदृश्य सामाग्री समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रम सुनापति गाउँपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोग तथा समन्वयमा गरिएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताए ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper