Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापबाट ९ महिनामा ६ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा

संवादाताः कुमार श्रेष्ठ
जेष्ठ २९, २०८२

रामेछाप- चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा रामेछाप जिल्लाबाट ६ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि बाहिरीएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत्र मसान्तसम्मको तथ्यांकअनुसार ६ हजार ७६ जनाले विभिन्न मुलुकमा श्रम स्वीकृति लिएर विदेशिएको सुरक्षित आप्रवासन कार्यक्रम (SaMi) का जिल्ला संयोजक दीपक केसीले बताए ।

वैदेशिक रोजगारमा जानेहरूमध्ये ४ हजार ७ सय २० जना पुरुष र १ हजार ३ सय ५६ जना महिला रहेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको पहिलो ९ महिनामै उल्लेख्य संख्यामा युवाहरू विदेशिएको देखिन्छ । आर्थिक वर्ष २०८०।८१ मा रामेछापका ७ हजार ४ सय ३१ जनाले श्रम स्वीकृति लिएका थिए ।

६ वर्षमा ३१ जनाको मृत्यु, १५ जना अंगभंग

पत्रकारहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यक्रम संयोजक केसीले वैदेशिक रोजगारसँग सम्बन्धित जोखिमपूर्ण पक्ष पनि सार्वजनिक गरे । उनका अनुसार विगत ६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका रामेछापका ३१ जनाले ज्यान गुमाएका छन् भने १५ जना अंगभंग भएका छन् ।
“यो संख्या अझ बढी हुन सक्ने अनुमान छ,” केसीले भने, “तर हामीसँग वैदेशिक रोजगार विभाग र आप्रवासी स्रोत केन्द्रमार्फत प्राप्त आधिकारिक तथ्यांक मात्र रहेको हो।”

३ हजार ६ सय बढीलाई परामर्श

जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउने ३ हजार ६ सय ३३ जनालाई आप्रवासी स्रोत केन्द्रमार्फत वैदेशिक रोजगारसम्बन्धी परामर्श दिइएको कार्यक्रम संयोजकले जानकारी गराए । परामर्शदाताहरूले श्रमिकलाई रोजगारीका गन्तव्य, कामका प्रकृति, कानुनी प्रक्रिया, श्रमिकको हक-अधिकार र सम्भावित जोखिमबारे जानकारी दिने गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, हेल्भेटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरे लगायतले वैदेशिक रोजगारीको पछिल्लो प्रवृत्ति, यसका चुनौती र समाधानका उपायबारे धारणा राखे । उनीहरूले विशेषगरी वैदेशिक रोजगारमा जानेको पूर्व तयारी, श्रमिकका लागि सुरक्षित गन्तव्यको पहिचान, सूचनाको अभाव र एजेन्टको प्रभावका विषयमा आ-आफ्नो भनाई राखेका थिए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper