Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

श्रमिकहरूको संगठन बजार बिक्री प्रतिनिधि संघ र वर्तमान बजारको अवस्था

संवादाताः हाम्रो प्रहार
जेष्ठ १७, २०८२

नेपाली बजारमा कार्यरत श्रमिक वर्गहरूको छाता संगठन नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) को २५ओैँ स्थापना दिवस लाई देशव्यापी रूपमा विविध सामाजिक एवं धार्मिक सेवाका कार्य गर्दै मनाउँदै गर्दा साँचिनै एक खालको उत्साह उमंग छाएको छ। बजारमा कार्यरत बजार प्रतिनिधिहरू बजारमा काम गर्दै गर्दा उत्पन्न बाधा अवरोह लाई आत्मसात् गर्दै केही कम्पनीमा कार्यरत बिक्री प्रतिनिधिहरूको दृढ परिकल्पनामा “उद्योग व्यवसायको रक्षा गरौँ रोजगारीको सृजना गरौँ” भन्ने मूल नाराका साथ २०५८ सालमा कास्की जिल्लाको पोखरामा दर्ता भई स्थापित एक श्रमिक सङ्गठन हो ।

यस सङ्गठनको उद्देश्य/काम र कर्तव्यहरूका बारेमा प्रष्ट नीति नियम नहुँदा केही दुबिधा/अन्यौलता सृजना भएको थियो भने हाल उक्त सङ्गठनले विधान/कानुन निर्माण गरी विधान बमोजिम हरेक गतिविधि गरिरहेको पाइन्छ । गत वर्ष श्रम विभागमा दर्ता भई आधिकारिकता प्राप्त यस संस्था हाल सातै वटा प्रदेश र ३० भन्दा बढी शाखा तथा इकाईहरू गठन गरी देशव्यापी रूपमा फैलिएको छ भने केही इकाईहरू गठन हुने प्रक्रियामा रहेका छन्। नाम्समा आबद्ध भइरहँदा एउटा कुनै पनि सेल्समा कार्यरत श्रमिक  सेल्समा काम गरिरहँदा निर्बाध रूपमा काम गर्न सक्ने वातावरण सृजना यस नाम्सले गरेको पाइन्छ । यस सङ्गठनमा जोडिँदै गर्दा कम्पनी र बजारको मध्यस्थकर्ताको काम गर्ने काम यस सङ्गठनमा आबद्ध सदस्यहरूको हो । राष्ट्रिय एव बहुराष्ट्रिय कम्पनीहरूको बजार बिस्तार एवं उत्पादकत्व वृद्धि गर्नका निम्ति हरेक कम्पनीहरूमा बजार प्रतिनिधिहरूको आवश्यकता पर्दछ । यस प्रतिष्ठित पेशामा संग्लगन शिक्षित मान्छेको उपस्थित  भइरहेको छ भने यस पेशालाइ एक प्रतिष्ठित पेशाको रूपमा पनि लिन सकिन्छ ।

हाल देश आर्थिक मन्दीको र राजनीतिक खिचतानिको चपेटामा परेको छ । नेपाली बजारमा मन्दी का कारण केही साना कम्पनीहरू बन्द भइसकेका छन् भने बजारमा केही हिस्सा ओगटेका केही कम्पनीको समेत अवस्था धराशायी अवस्थामा  छ । सरकारको प्रष्ट नीति नहुँदा नेपाली उद्योग ब्यावसायमा ठुलो समस्या निम्तिएको पाइन्छ । नेपालमा उद्योग व्यवसायको सम्भावना  लाई मध्ये नजर गरी योजना निर्माण गरिनु पर्दछ । वैदेशिक रोजगारीमा युवा जमात को वृद्धि दिनानुदिन बढ्दै जानु मुख्य कारण भनेको नै नेपालका उद्योग ब्याबसायहरुको यथोचित विकास हुन नसक्नु हो । अबका दिनहरूमा देशका सम्पूर्ण कलकारखाना उद्योग धन्दालाई नियमित/निर्बाध रूपमा सञ्चालन गरी वैदेशिक रोजगारीमा उत्साहित  युवाहरूको ध्यान लाई आफ्नै देशमा  लगाउन विभिन्न स्थानीय निकाय  एवं सरकारको तर्फबाट ध्यान केन्द्रीकृत गर्नु जरुरत छ । तब मात्रै नेपाल बजार  बिक्री प्रतिनिधि संघ भनेर गौरव का साथ २५ ओैँ स्थापना दिवस मनाएको महत्त्व रहन्छ । साथै यस स्थापना दिवसले सम्पूर्ण श्रमिक वर्गहरूको मर्म/कर्म बुझ्न सकोस् २५ ओै स्थापना दिवस को अवसरमा  सम्पूर्ण उद्योग ब्याबसायी एवं समस्त ग्राहक वर्गमा शुभकामना व्यक्त गर्दछु ।

Related Posts

तीन वर्षकी बालिकाको चित्कार: बढ्दो हिंसाबीच हामीभित्रको मानवता कहाँ हराउँदैछ ?
विचार

तीन वर्षकी बालिकाको चित्कार: बढ्दो हिंसाबीच हामीभित्रको मानवता कहाँ हराउँदैछ ?

संवादाताः हाम्रो प्रहार
भदौ ५, २०८३
0

दुर्गा भुजेलतीन वर्ष । एउटा बालिकाको जीवनमा यो उमेर संसार बुझ्ने होइन, संसार चिन्न सुरु गर्ने उमेर हो । आमाको...

पुरा पढ्नुहोस्
पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस
विचार

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

संवादाताः हाम्रो प्रहार
साउन २४, २०८३
0

दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस...

पुरा पढ्नुहोस्
सुनापति गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनलका खेल हुने
खेलकुद

सुनापति गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनलका खेल हुने

संवादाताः हाम्रो प्रहार
कार्तिक १०, २०८२
0

रामेछाप– आइतबारदेखि सुरु भएको सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका सबै खेलहरू सम्पन्न भएका छन्...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper