Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

सञ्चारमन्त्रीको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापमा

संवादाताः हाम्रो प्रहार
बैशाख ६, २०८२

रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवकोटीले सरकार संचारमन्त्रीले नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरी अभिव्यक्तिहरू दिइरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन रामेछापको ९औँ साधारण सभा आफ्नो भनाई राख्दै केन्द्रीय सदस्य सिवकोटीले संचारमन्त्रीले सामाजिक संजाललाई प्रतिबन्ध लगाउने सार्वजनिक भनाइहरू मार्फत प्रेस तथा स्वतन्त्रताको समेत बर्खिलाप हुने गरी अभिव्यक्ति दिइरहेको बताए ।

सोसल मिडियासँग कम्युनिस्ट बिचार बोक्नेहरू आत्तिइरहेको प्रसंग बताउँदै सिवकोटीले भने,“अहिले हामी स्वयम गठबन्धन सरकारमा छौँ । सञ्चार मन्त्री एमालेको छन् तर, उनको अभिव्यक्ति यसो हेर्ने हो भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कहीँ न कहीँ बर्खिलाप हुने गरी अभिव्यक्ति दिइरहेका छन् । कहिले सोसल मिडियालाई प्रतिबन्ध लगाउने कुरा गरिरहेका हुन्छन् तर सारमा भन्ने हो भने सोसल मिडियाको मार्फत उनी सम्भवतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कहीँ न कहीँ अलिकति भए पनि सङ्कुचित गराउन चाहन्छन भन्ने उनको अभिव्यक्तिले बताउँछ । यसरी प्रस्तुत गरिने अभिव्यक्तिकै कारण व्यवस्था माथि नै प्रश्न उठीरहेका छन् ।”

नेपाल प्रेस युनियनको निवर्तमान केन्द्रीय महासचिव समेत रहेका सिवकोटीले सरकारका प्रवक्ताले नै दिने यस्ता अभिव्यक्ति र गर्ने कार्यशैलीका कारण देशमा अर्को आन्दोलन हुन सक्ने तर्क प्रस्तुत गर्दै यस्ता अभिव्यक्तिलाई तत्काल सच्याउन समेत सरकारसँग माग गरे ।

त्यस्तै उनले सामाजिक सञ्जालमा आएका कुराले मानिसलाई दिग्भ्रमित बनाउने काम गरिएको पनि बताए । ‘सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य हुन् भन्ने कुरा नागरिकले पत्याइ रहेका छन्, सामाजिक सञ्जालमा आएको सबै कुरा सत्य होइन, यो कुरा नागरिकलाई बुझाउन आवश्यक छ, यो भ्रमबाट नागरिकलाई मुक्त बनाउनु पर्छ’, उनले भने ।

उनले पछिल्ला दिनहरूमा देशमा निराशाको व्यापार भइरहेको छ बताउँदै असन्तुष्टिको जगमा असन्तुष्टिलाई देखाएर व्यवस्था विरोधीहरू निराशाको व्यापार गर्न लागेको आरोप लगाए । अहिले नागरिकमा आशा जगाउन राजनीतिक दल बिचको सम्बन्धलाई, पत्रकार र राजनीतिक दल बिचको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उनको जोड रहेको छ ।

नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा सदरमुकाम मन्थलीमा शानिवार भएको कार्यक्रममा नेपाली नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेल, नेपाली काँग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का लगायतका नेताहरूले नेपाल प्रेस युनियन रामेछापको ९औँ साधारण सभा सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन रामेछापले प्रकाशन गरेको भित्ते पात्रो समेत सार्वजनिक गरिएको थियो ।

Related Posts

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस
विचार

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

संवादाताः हाम्रो प्रहार
साउन २४, २०८३
0

दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस...

पुरा पढ्नुहोस्
रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper