Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

स्ववियु निर्वाचनः रामेछापमा भएन गठबन्धन, सबैको जित्ने दाबी

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन २७, २०८१

रामेछाप- आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रामेछापमा भएको एक मात्र क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा मंगलबार दल निकट रहेका विद्यार्थी संगठनहरुले गठबन्धन नगरी छुट्टा छुट्टै समूह बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । 

देशका विभिन्न क्याम्पसहरूमा सत्ता साझेदार दल निकट रहेका विद्यार्थी संगठनहरुले गठबन्धन गरेर निर्वाचन प्रक्रियामा भाग लिइरहेका बेला रामेछापमा भने सत्ता साझेदार दल र प्रतिपक्षीमा रहेका दल निकट विद्यार्थी संगठनहरुले छुट्टा छुट्टै उम्मेदवारी दर्ता गएका हुन् । 

काँग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनहरुले एक्ला एक्लै जित्ने दाबी गर्दै समूहगत रूपमा छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएर निर्वाचन प्रक्रियामा भाग लिएका हुन् । 

नेविसंघमा विपुल रोकाको नेतृत्व

सबै भन्दा पहिला उम्मेदवारी दर्ता गराएको नेविसंघले विपुल रोकाको नेतृत्वमा समूहगत रूपमा उम्मेदवारी दर्ता गराएको नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले बताए । अध्यक्ष बुढाथोकीका अनुसार अध्यक्षमा विपुल रोका, सचिवमा युवराज बुढाथोकी र कोषाध्यक्षमा छाया तामाङको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै सदस्यमा क्रमशः कर्ण श्रेष्ठ, अमृता माझी, रोमन श्रेष्ठ, अविजल श्रेष्ठ र कालिका महत (दिक्षा) उम्मेदवार रहेको नेविसंघका अध्यक्ष बुढाथोकीले बताए । नेविसंघबाट सचिवको उम्मेदवार रहेका युवराज बुढाथोकी यस अघि पनि मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसकै सदस्य रहेका रहेका थिए । 

अनेरास्ववियुमा थापा सुशिल थापाको नेतृत्वमा उम्मेदवारी दर्ता 

एमाले निकट रहेको अनेरास्ववियुबाट सुशिल थापाको नेतृत्वमा पदाधिकारी र सदस्य सहितको समूहगत रूपमा उम्मेदवारी दर्ता भएको अनेरास्ववियु रामेछापका अध्यक्ष पुस्कर भट्टराईले बताए । अध्यक्ष भट्टराईका अनुसार अध्यक्षमा सुशील थापा, सचिवमा मुकेश भण्डारी (डेनिस) र कोषाध्यक्षमा मसली तामाङ रहेका छन् भने  सदस्यहरूमा क्रमशः यलिना माझी, स्वस्तिका सुवेदी, तुलसा उप्रेती, जीवन पहरी र मनोज श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । अनेरास्ववियुको तर्फबाट अध्यक्षको उम्मेदवार रहेका सुशिल थापा यस अघिका स्ववियु सचिव हुन् । 

अखिल क्रान्तिकारीबाट अनोज भुजेल उम्मेदवार

यता अखिल (क्रान्तिकारी) बाट अनोज भुजेलको नेतृत्वमा छुट्टै उम्मेदवारी दर्ता गराएको छ । अध्यक्षमा अनोज भुजेल, सचिवमा विनीता माझी र कोषाध्यक्षमा राज कुमार श्रेष्ठको उम्मेदवारी दर्ता भएको अखिल (क्रान्तिकारी) रामेछापका अध्यक्ष रोशन कार्कीले बताए । कार्कीका अनुसार सदस्यहरूमा क्रमशः बोध प्रसाद दाहाल, रश्मि माझी, ओमकिन गोले, लोकसाङ गोले र अम्बिका श्रेष्ठ रहेका छन् । 

अखिल क्रान्तिकारीको तर्फबाट अध्यक्षको उम्मेदवार रहेका भुजेल अखिल रामेछापको उपाध्यक्ष समेत रहेका छन् । 

प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच सदस्य निर्वाचित हुने छन् भने समानुपातिक प्रणाली मार्फत ७ सदस्य निर्वाचित हुने छन् । यसरी समानुपातिक प्रणालीबाट निर्वाचित भएका ७ सदस्य मध्येबाट उपाध्यक्ष र सहसचिव मनोनयन गरी १५ सदस्यीय कार्य समिति बन्ने छ । 

उम्मेदवारी फिर्ता लिने समय फागुन २९ गते सम्म

मंगलबार उम्मेदवारी दर्ता गराएका उम्मेद्वारहरुको नामावली उपर दाबी विरोध गर्न फागुन २८ गते तोकिएको स्ववियु निर्वाचनका लागि क्याम्पसमा गठित निर्वाचन समिति प्रमुख नारद थापाले बताए । थापाका अनुसार २८ गते नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गरिने, फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने कार्य तालिका रहेको छ । स्ववियु निर्वाचनमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा अध्ययनरत ५ सय ३१ जना विद्यार्थीहरूले मतदाताको रूपमा भाग लिन पाउने छन् ।

यस अघि स्ववियु अध्यक्षमा नेविसंघका अविनाश कार्की निर्वाचित भएका थिए । 

Related Posts

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी
समाचार

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी

संवादाताः हाम्रो प्रहार
अशोज २५, २०८३
0

रामेछाप-  सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्...

पुरा पढ्नुहोस्
चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper