Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home कुराकानी

स्थानीय नेतृत्वमा महिलाः चुनौती, उपलब्धि र भविष्यको दिशा

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन २४, २०८१

महिलाहरूले विश्वभर महिला भएकै कारण विभिन्न विभेद र समस्याहरू भोग्दै आएका छन् । जसका कारण उनीहरू सामाजिक, आर्थिक, राजनीतिक तथा अन्य क्षेत्रहरूमा पछाडि परिरहेका छन् । यद्यपि, पछिल्ला वर्षहरूमा संविधान तथा कानुनी सुधारका कारण महिलाहरूको अवस्था केही सुधार हुँदै गएको छ ।
नेपाल संघीयतामा गइसकेपछि स्थानीय तहमा महिलाहरूको प्रतिनिधित्वसमेत बढेको छ । तर, उनीहरूको सहभागितालाई समाजले कसरी लिएको छ ? नेतृत्वको भूमिकामा रहँदा महिलाहरूले के–कस्ता चुनौतीहरू सामना गर्नुपरेको छ ? हासिल गरेका उपलब्धिहरू के–के छन्, र अबको मार्गचित्र कस्तो हुनुपर्छ ?
यी विषयमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर रामेछापको उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवारसँग हाम्रो प्रहार डटकमका प्रधान सम्पादक रामचन्द्र वि.क.ले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उहाँसँग गरिएको सम्पादित संवाद ।

व्यक्तिगत अनुभव र नेतृत्व

स्थानीय सरकारमा तपाईंको अनुभव कस्तो रह्यो ?
स्थानीय सरकारमा काम गर्दा राम्रो अनुभव भएको छ । समुदायका समस्याहरू समाधान गर्न सक्रिय रूपमा संलग्न हुन पाउँदा खुसी छु । सुरुवातमा केही चुनौतीहरू भए पनि अहिले काम गर्ने वातावरण सहज हुँदै गएको छ ।

राजनीतिमा आउन कसले प्रेरित गर्‍यो ?
परिवारका सदस्य, साथीहरू, राजनीतिक दलका नेताहरू र सामाजिक कार्यमा संलग्न हुँदा प्राप्त भएको हौसला नै मेरो प्रेरणा बनेको हो । विशेष गरी महिलाहरूको आवाज बुलन्द बनाउनुपर्ने आवश्यकता महसुस गरेपछि राजनीतिमा आउन निर्णय गरेँ ।

महिला भएर नेतृत्व गर्दा भोगेका मुख्य चुनौतीहरू के के हुन्छ ?
समाजमा महिलालाई नेतृत्वदायी भूमिकामा सहज रूपमा स्वीकार्न कठिनाइ देखिन्छ । केही निर्णयमा महिला नेतृत्वलाई कमजोर आँक्ने प्रवृत्ति अझै पनि छ । घर–परिवार, समाज र राजनीतिक क्षेत्रको दायित्व सन्तुलन मिलाउन कठिन हुन्छ । बजेट विनियोजन र कार्यान्वयनमा महिला प्रतिनिधिको आवाज सशक्त बनाउन चुनौती रहन्छ ।

परिवार र समाजबाट समर्थन कस्तो पाउनुभयो ?
सुरुमा चुनौती भए पनि अहिले परिवार र समाजबाट राम्रो समर्थन पाइरहेकी छु । महिलाको अगुवाइमा परिवर्तन सम्भव छ भन्ने बुझाइ बिस्तारै बढ्दै गएको छ । त्यसैले विगतलाई छोडेर अहिले पाउँन थालेका उपलब्धिहरूलाई मेरो सफलताको रूपमा लिएको छु ।

महिला अधिकार र नीतिहरू

गाउँपालिकामा महिला सशक्तीकरणका लागि के–कस्ता नीतिहरू लागू गरिएका छन् ?
महिलाहरूकै मागलाई आधार मानेर महिला उद्यमशीलता कार्यक्रमहरू लागू गरिएका छन् । महिलाहरूलाई विशेष सीपमूलक तालिमको व्यवस्था गरिएको छ । सामाजिक सुरक्षाका कार्यक्रमहरूमा महिलालाई प्राथमिकता दिइएको छ । जसले गर्दा अहिले महिलाहरू आफै गर्न सक्ने रहेछौँ भन्ने अवस्थामा पुग्नु भएको छ र उहाँहरूको आत्मबल पनि वृद्धि हुँदै गएको छ ।
महिलाहरूलाई उद्यमशीलता, रोजगारी, वा सीप विकासका अवसरहरू दिन के योजना छन् ?
महिलालाई सिलाइ–बुनाइ, कृषि तथा घरेलु उद्योगका तालिमहरू दिइरहेका छौँ । सहकारी तथा लघुवित्त संस्थामार्फत व्यावसायिक कर्जाको पहुँच विस्तार गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्दै छौँ । स्वरोजगारका लागि अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउँदैछौं ।
महिला हिंसा रोक्न कस्ता कस्ता कदम चालिएका छन् ?
न्यायिक समितिको सक्रियता बढाइएको छ । महिला हिंसाविरुद्धका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । पीडित महिलाहरूका लागि कानुनी सहयोग तथा पुनर्स्थापनाको लागि सहयोगहरू गर्दै आएका छौँ ।
महिला स्वास्थ्य (गर्भवती महिला, किशोरीहरू) सम्बन्धी नीति कस्तो छ ?
गर्भवती महिलालाई सुरक्षित प्रसूति सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था छ । किशोरीहरूको स्वास्थ्य तथा पोषण सुधारका लागि विशेष कार्यक्रम छन् । महिनावारी व्यवस्थापन तथा जनचेतना कार्यक्रमहरू सञ्चालन गरिएको छ । सुत्केरी भेटघाट कार्यक्रम मार्फत सुत्केरी हुनुभएका महिलाहरूलाई पोषणयुक्त खाना सहित भेट्नलाई उहाँहरूको घरमै पुगेर स्वास्थ्य लाभको कामना गर्ने गरिएको छ । जसले गर्दा मसँग पनि सरकार छ भन्ने महसुस महिलाहरूले गर्नु भएको छ ।
न्यायिक समितिमा महिलालाई कतिको प्राथमिकता दिइएको छ ?
महिलाहरूको मुद्दालाई गम्भीरताका साथ लिइन्छ । घरेलु हिंसा, सम्पत्ति अधिकार, तथा सामाजिक अन्यायसम्बन्धी मुद्दाहरूमा न्यायिक समितिको प्रभावकारिता बढाउन काम भइरहेको छ । पीडितलाई न्याय दिलाउने र पीडकलाई सजाय दिलाउन सम्बन्धित निकायसमक्ष पेश गर्ने गरिएको छ ।

विकास र सेवा सुविधा

गाउँपालिकामा महिलालाई लक्षित गरेर भएका ठुला उपलब्धिहरू के के छन् ?
महिलाहरूको लागि सुरक्षित मातृत्व सेवा उपलब्ध गराइएको छ । सीप विकास कार्यक्रम सञ्चालन गरी महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रयास गरिएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा महिलाको पहुँच विस्तार गर्ने नीति लिइएको छ ।
सुरक्षित प्रसूति सेवा, महिला स्वास्थ्य सेवा र शिक्षामा सुधार गर्न के भइरहेको छ ?
प्रत्येक वडामा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई तालिम दिइएको छ । स्वास्थ्य चौकीहरूमा सुरक्षित प्रसूति सेवा, सुत्केरी भत्ता र पोषणसम्बन्धी सहायता कार्यक्रम छन् । त्यसै गरी विद्यालयमा छात्रवृत्ति कार्यक्रम मार्फत बालिका शिक्षालाई प्रवर्द्धन गरिँदै छ ।
महिला तथा बालबालिकाको सुरक्षाका लागि चाल्नुपर्ने थप कदम के हुन् ?
महिला तथा बालबालिकाको सुरक्षाका लागि गृहमैत्री वातावरण प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । बाल विवाह, घरेलु हिंसा तथा लैंगिक विभेद अन्त्यका लागि कानुनी सचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना छ । विद्यालय तहबाटै महिला सुरक्षाका कार्यक्रमहरूलाई गर्न जरुरी छ र त्यस्ता कार्यक्रमहरूमा घरमा अभिभावकहरूले सहयोग पु¥याउनु पर्दछ ।

भविष्यको योजना र सुझाव

आगामी वर्षहरूमा महिला सशक्तीकरणका लागि प्राथमिकता के हुनेछन् ?
महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि कार्यक्रमहरू विस्तार गरिनेछ । महिलाहरूलाई नेतृत्व विकासका तालिम तथा अवसरहरू प्रदान गरिनेछ । महिला उद्यमशीलता प्रवर्द्धन गर्न थप अनुदान तथा ऋण कार्यक्रम ल्याइनेछ ।
महिलाहरूलाई राजनीतिमा आउन प्रोत्साहित गर्न के गर्नु पर्छ ?
महिलाहरूलाई बाल्यकालदेखि नै नेतृत्व क्षमतामा तयार गर्नुपर्ने आवश्यकता छ । परिवार तथा समाजको मानसिकता परिवर्तन गर्न सचेतनामूलक कार्यक्रमहरू आवश्यक छन् । महिलाहरूले राजनीतिमा सुरक्षित र सम्मानजनक वातावरण पाउनुपर्नेछ ।
नारी दिवसको अवसरमा अन्य महिलालाई के सन्देश दिन चाहनुहुन्छ ?
“महिलाहरू आत्मनिर्भर भए मात्र समाजले प्रगति गर्छ । नारी दिवसको अवसरमा सबै महिलालाई एकताको सन्देश दिन चाहन्छु । आफ्नो हक अधिकारबारे जानकार बनौँ, आत्मनिर्भर बनौँ, समाज परिवर्तनका लागि नेतृत्व गरौँ !”

अन्तमा,

यो वर्षको ११५ औँ नारी दिवसको नारा ’सबै महिला तथा बालबालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण’ लाई कार्यान्वयन गर्न यहाँको र तपाइको गाउँपालिकाको कस्तो भूमिका हुन्छ ? छोटोमा बताइदिनुहोस् न ।

गाउँपालिकाको भूमिका:
नीति निर्माण र कार्यान्वयन– महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने ।
शिक्षा, स्वास्थ्य र सुरक्षा– सीपमूलक तालिम, सुरक्षित मातृत्व सेवा, बालबालिकाका लागि सुरक्षित वातावरण प्रवर्द्धन गर्ने ।
महिला उद्यमशीलता प्रवर्द्धन– आर्थिक आत्मनिर्भरता बढाउन सहुलियत ऋण, अनुदान तथा तालिम प्रदान गर्ने ।

मेरो भूमिका:
सचेतना अभिवृद्धि– समाजमा लैंगिक समानताको आवश्यकता र अधिकारबारे आवाज उठाउने ।
नीतिगत सुधारमा पैरवी– महिला तथा बालबालिकासम्बन्धी नीतिहरू प्रभावकारी बनाउन सुझाव दिने ।
समुदायमा सक्रिय सहभागिता– स्थानीय स्तरमा महिलाका हक–अधिकारका मुद्दामा सहकार्य गर्दै समाधान खोज्ने ।

यी पहलहरूलाई सशक्त रूपमा कार्यान्वयन गर्न सके मात्रै नारा व्यवहारिक रूपमा सफल हुनेछ । गाउँपालिका र मेरो पक्षबाट उल्लेखित नारालाई व्यवहारिक बनाउन लाग्ने छु तर, यस्ता नारा सफल बनाउनको लागि महिलाहरू बढी जिम्मेवार बन्नु पर्दछ ।

Related Posts

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
समाचार

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २१, २०८२
0

चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा...

पुरा पढ्नुहोस्
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
समाचार

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०८२
0

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा...

पुरा पढ्नुहोस्
७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper