Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

राज्यमन्त्री तामाङको गृह जिल्लामा प्रतिबद्धताः विकासमा पार्टी हेर्दिन, आवश्यकता अनुसार काम गर्छु 

संवादाताः रामचन्द्र वि.क.
साउन २७, २०८१

रामेछाप- ऊर्जा, जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्णबहादुर तामाङ कान्छारामले जिल्लाको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । राज्यमन्त्री भएर पहिलो पटक गृह जिल्ला रामेछापमा आएका राज्य मन्त्री तामाङले नेपाली काँग्रेस रामेछापले शनिवार सदरमुकाम मन्थलीमा आयोजना गरेर बधाई ज्ञापन कार्यक्रममा बोल्दै जिल्लाका हरेक समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् । 

आफूले सम्हालेको मन्त्रालय प्रत्यक्ष नागरिकसँग जोडिएको मन्त्रालय भएको र उक्त मन्त्रालय मार्फत हुने काम र अन्य मन्त्रालयबाट हुने काममा रामेछाप जिल्लालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिबद्धता जनाए । राज्यमन्त्री तामाङले प्रतिबद्धता जनाउँदै भने,‘म एउटा पार्टीबाट चुनाव जितेको हुँ तर, चुनाव जितेपछि र अहिले राज्य मन्त्री भए पछि सबैको जनप्रतिनिधि छु । त्यसैले मेरो तर्फबाट जिल्लामा गर्ने विकासमा प्राथमिकतालाई पहिचान गरेर समान रूपमा गर्ने छु ।’

मन्त्री तामाङले जिल्लाको लागि आवश्यक पर्ने विकास माग गर्दा कुनै पार्टी विशेषलाई नभई समग्र जनताको पक्षमा हुने गरी माग गर्न अनुरोध गर्दै त्यसरी माग गरेको विकासबाट धेरै भन्दा धेरै नागरिकले फाइदा पुग्ने गरी योजना बनाउन अनुरोध गरे । 

आफू नेपाली काँग्रेसको एउटा क्रियाशील सदस्य हुँदा देखि नै समाज सेवा गर्न रुचाउने स्वभावको भएको स्मरण गर्दै राज्यमन्त्री तामाङले अहिले देशको संघीय सरकारको ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी नै आफूसँग भएकाले जिल्लाको विकासको लागि सकेको काम गर्ने भनाइ राखे । 

देशको एउटा मन्त्रीले आफ्नो जिल्लाको आवश्यकतालाई मात्रै ध्यानमा राख्न नसक्ने धारणा व्यक्त गर्दै राज्य मन्त्री तामाङले रामेछाप जिल्लाको ऊर्जा, जलश्रोत र सिँचाइको क्षेत्रमा गर्न सकिने कामको योजना बनाएर मन्त्रालयमा ल्याउन अनुरोध गरे । 

घ्याप्चेको पहिरो नियन्त्रणको काम सुरु हुन्छ 

राज्यमन्त्री तामाङले जिल्लाकै सबै भन्दा ठुलो पहिरोको रूपमा चिनिएको घ्याप्चेको पहिरोले सदरमुकाम मन्थलीलाई नै जोखिम पार्ने अवस्था रहेकाले पहिरो नियन्त्रणको लागि काम सुरु गर्ने बताएका छन् । राज्यमन्त्री तामाङले भने, ‘घ्याप्चेको पहिरोले बारीलाई बगर बनाएको ठाउँको बिच भाग छोडेर दुई तर्फ ३०÷३० मिटरको वाल घ्याप्चेको शिर देखि मन्थलीको पुल सम्म लगाउनु पर्छ । यसो गर्न सक्यौँ भने त्यहाँ बगरमा परिणत भएका हजारौँ रोपनी जग्गालाई उपयोग गर्न सक्छौँ । त्यहाँबाट जग्गा बारी हुने जग्गाधनीले राम्रो आम्दानी लिन सक्छन् । त्यसैले त्यो काम गर्न अति आवश्यक छ र मैले त्यो कामलाई अगाडि बढाउँछु । हामीले योजना गरे अनुसार काम गर्न सक्यौँ भने खोला पनि आफ्नो बाटो भएर बग्न पाउँछ अनि किसानले पनि आफ्नो जग्गामा खेती गरेर आम्दानी लिन सक्छन् । तर, त्यसको लागि घ्याप्चे पहिरोबाट प्रभावित स्थानीयले पनि राज्यले गर्ने रकममा केही खर्च चाहिँ गर्नु पर्छ ।’

नेपाली काँग्रेस रामेछापका पार्टी उपसभापति लेख बहादुर कार्कीको अध्यक्षतामा भएको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कर्यकर्ताहरुले पार्टी कार्यालयमा पुगेर राज्यमन्त्री तामाङलाई बधाईसँगै सफलताको शुभकामना दिएका थिए । 

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper