Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गोकुलगंगाको ‘एक घर एक धारा’ अभियान: यो वर्ष ४१६ ओटा धारा निर्माण

संवादाताः रामचन्द्र वि.क.
असार १२, २०८१

रामेछाप– गोकुलगंगा गाउँपालिकामा चालु आव (२०८०/०८१) मा ‘एक घर एक धारा’ अभियान: यो वर्ष ४ सय १६ ओटा खाने पानीका धारा निर्माण भएका छन् । आगामी आर्थिक वर्षको लागि गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले गाउँ सभामा पेश गरेको नीति तथा कार्यक्रममा चालु आवमा गोकुलगंगा गाउँपालिकामा यो वर्ष ४ सय १६ ओटा खाने पानीका धारा निर्माण भएको उल्लेख छ । 

चालु आर्थिक वर्ष २०८०/०८१ मा भौतिक पूर्वाधार तर्फ गोकुलगंगा गाउँपालिकामा ११ किलोमिटर सडक स्तरोन्नति, ८.३ किलोमिटर सडक नयाँ कटिङ, ११.६७ किलोमिटर सडक सोलिङ्ग, ३ वटा सरकारी भवन निर्माण तथा संरक्षण, ९ सय ४६ मिटर सिँचाइ कुलो व्यवस्थापन, ६ वटा मठ मन्दिर तथा गुम्बा मर्मत, निर्माण र संरक्षण, ९ वटा आर. सि. सि. पुल तथा कल्भर्ट निर्माण, ८२६ मिटर आर. सि. सि. सडक निर्माण, २.८५ किलोमिटर पाइप लाइन कुलो निर्माण, ४२३ मिटर सिचाई कुलो आर.सि.सि. निर्माण, ५ वटा कजवे निर्माण, २७ वटा इन्टेक निर्माण, २४ वटा रिजरवेयर ट्याङकि निर्माण काम सम्पन्न भएका छन् । 

गाउँ सभाका अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काले प्रस्तुत गरेका चालु आवको प्रगति विवरणमा ‘स्वस्थ जनता समृद्ध गाउँपालिका’ भन्ने अभियान अन्तर्गत सुत्केरी महिलाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा, दीर्घ रोगीहरूलाई मासिक स्वास्थ्य परीक्षण कार्यक्रम, दीर्घ रोग अन्तर्गत मृगौला, क्यान्सर, मेरुदण्ड पक्षघातका रोगीहरूका लागि मासिक ५ हजारका दरले उपचार खर्चको व्यवस्थापन गरिएको, विपन्न नागरिकलाई औषधोपचारका लागि केही सहुलियत सुविधा दिइएको तथा सिफारिस गरिएको, बृहत् निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको, बालबालिकाहरूलाई समयमा पाउने सम्पूर्ण नियमित खोप पुरा गरी वडा लगायत गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण घोषणा गरिएको लगायतका प्रगतिहरू उल्लेख छन् । 

त्यस्तै कृषि पर्यटनको समेत ठुलो सम्भावना बोकेको गोकुलगंगा गाउँपालिकालाई कृषि जन्य बस्तुको उत्पादनको हबको रूपमा विकास गर्ने लक्ष्यका साथ हरेक वडामा उत्पादनका आधारमा जडीबुटी, स्याउ, किवी, आलु कागती, किवी, खुर्पाने, ओखर, बेसार, लसुन, प्याज, अदुवा, रैथाने बाली लगायतका खेतीको पकेट विस्तारको काम भएको र मौसमी तथा बेमौसमी तरकारी खेती प्रवर्द्धनका लागि प्लास्टिक टनेल वितरण गर्ने, किवी तथा आलु खेती प्रवर्द्धन अन्तर्गत कोल्ड स्टोर निर्माण तथा रष्टिक हाउस निर्माण सँगै क्षेत्र विस्तार गर्ने जस्ता कार्य पनि गोकुलगंगामा यो वर्ष भएका छन् ।

गोकुलगंगा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २६ वटा योजना संचालन गरी १४६ जनालाई औसतमा एक जनालाई ५१ दिनको रोजगार हुने गरी रोजगारी उपलब्ध  गराइएको र अभिभावक विहीन बालबालिकाहरूका लागि संरक्षण कार्यक्रम र अपाङ्गता भएका ब्यक्तीहरुका लागि सिप विकास तालिम संचालन भएको पनि प्रगति विवरणमा उल्लेख छ । त्यस्तै यो वर्ष गोकुलगंगा गाउँपालिकामा विभिन्न क्षेत्रमा गरी ४२ जना उद्यमीहरु बनेका छन् ।

गाउँपालिका अध्यक्ष खड्काले प्रस्तुत गरेको चालु आवको प्रगति विवरणमा आफूहरू निर्वाचित भएर आएपछि गाउँपालिकाको कार्यालयमा हुने अनावश्यक फजुल खर्चहरू नियन्त्रण गरिएको, भ्रष्टाचारमा शून्य सहनशीलतालाई प्राथमिकतामा राखिएको, दक्ष जनशक्ति र सेवाग्राहीमैत्री कार्यालय व्यवस्थापन गरी संस्थागत तथा संगठनात्मक सुधारका कामहरू सुरु भएको उल्लेख छ ।

चालु आव २०८०/०८१ को गोकुलगंगा गाउँपालिकाको प्रगति

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper