Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

एमाले रामेछापका ८ स्थानीय तह हाँक्ने नयाँ टिम

संवादाताः हाम्रो प्रहार
असार १, २०८१

रामेछाप- नेकपा एमाले रामेछापको ८ ओटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । केही स्थानीय तहमा निर्वाचन र धेरै जसो स्थानीय तहमा सर्वसम्मत रूपमा सम्पन्न भएको अधिवेशनले पालिका हाँक्ने नयाँ कमिटी चयन गरेको छ ।

मन्थली नगरको अध्यक्षमा पुनः रामबाबु घिमिरे 

मन्थली नगरपालिकामा रामबाबु घिमिरेको अध्यक्षता हाल ६९ सदस्यीय नगर कमिटी बनेको छ । मन्थली नगर कमिटीको सचिवमा गणेश कार्की, उपसचिवमा रमेश गेस्माली मगर र जानुका कुमारी गिरी निर्वाचित भएका छन् । मन्थली नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरू सबै सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित घिमिरे यस अघि पनि नगर अध्यक्ष नै रहेका थिए ।

रामेछाप नगरको अध्यक्षमा पुनः रोशन पाख्रिन

नेकपा एमाले रामेछाप नगरपालिकाको दोस्रो अधिवेशनबाट नगर कमिटीको अध्यक्षमा पुनः रोशन पाख्रिन नै दोहोरिएका छन् । पाख्रिनको अध्यक्षमा बनेको नगर कमिटीको उपाध्यक्षमा  श्याम कुमार श्रेष्ठ, सचिवमा माधव ढकाल, उपसचिवमा विनोद  कार्की र जयन्ती उदास निर्वाचित भएका छन् । नगर कमिटीको अध्यक्ष, पदाधिकारी र सिंगो नगर कमिटीको टिम नै सर्वसम्मत रूपमा निर्वाचित भएको हो ।

लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा केशर बहादुर पौडेल निर्वाचित

नेकपा एमाले लिखुतामाकोशी गाउँपालिकाको अध्यक्षमा केशर बहादुर पौडेल (केबि) निर्वाचित छन् । एमाले  लिखुतामाकोशी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन अन्तरगत भएको निर्वाचनबाट पौडेल अध्यक्षमा निर्वाचित भएका हुन । गाउँ कमिटीको उपाध्यक्षमा सोमबहादुर तामाङ, सचिवमा निङ्ममर तामाङ, उप–सचिवमा विनोद खड्का र सुमित्रा राई सुनुवार निर्वाचित भएका हुन् । पौडेल अध्यक्षका अर्का उम्मेदवार सुवास बोहरालाई पराजित गर्दै मतदान प्रक्रियाबाट अध्यक्षमा निर्वाचित भएका हुन् । 

दोरम्बा शैलुङको अध्यक्षमा देउबहादुर थापामगर

नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका कमिटीको अध्यक्षमा देउबहादुर थापामगर निर्वाचित भएका छन् । दोस्रो गाउँपालिका कमिटीको अधिवेशनले थापामगरको नेतृत्वमा दोरम्बा शैलुङ गाउँपालिका कमिटी चयन गरेको हो । अधिवेशनले गाउँ पालिका कमिटीको उपाध्यक्षमा टङ्क सापकोटा, सचिवमा नारायण श्रेष्ठ, उप–सचिवमा कर्णबहादुर तामाङ र गङ्गा श्रेष्ठलाई निर्वाचित गराएको छ । 

सुनापतिमा रोज बहादुर ग्यापक अध्यक्षतामा नयाँ समिति

नेकपा एमाले सुनापति गाउँपालिका कमिटीको अध्यक्षमा रोज बहादुर ग्यापक निर्वाचित भएका छन् । सुनापति गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले ग्यापकको नेतृत्वमा नयाँ सुनापति गाउँपालिका कमिटी चयन गरेको हो । अधिवेशनले गाउँ पालिका कमिटीको उपाध्यक्षमा अमिर लामा, सचिवमा केशर मान लामा, उप–सचिवमा मिलन के.सी र कमला लामालाई निर्वाचित गरेको छ ।

गोकुलगंगामा सचिन कार्कीको अध्यक्षतामा नयाँ कमिटी

नेकपा एमाले गोकुलगंगा गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा सचिन कार्की निर्वाचित भएका छन् । गाउँपालिका कमिटीको उपाध्यक्षमा केशव कार्की, सचिवमा पर्शुराम कार्की, उपसचिवमा सुमन तामाङ र देवीमाया थापा सुनुवार निर्वाचित भएका छन् । दोस्रो गोकुलगंगा गाउँपालिका कमिटीको अधिवेशनले कार्कीको नेतृत्वमा ४६ सदस्यीय नयाँ  कमिटी निर्वाचित गरेको हो । निर्वाचित सबै सर्वसम्मत रूपमा चयन भएका हुन् । 

उमाकुण्डको अध्यक्षमा नवराज खत्री निर्वाचित

नेकपा एमाले रामेछापको उमाकुण्ड गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ । गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले नवराज खत्री (मिलन) को नेतृत्वमा नयाँ समिति चयन भएको हो । उनी मतदान प्रक्रियाबाटै निर्वाचित भएका हुन् । खत्रीले अध्यक्षका अर्का उम्मेदवार रमेशबहादुर बस्नेतलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य पदाधिकारी र सदस्य भने सर्वसम्मत भएका छन् । उपाध्यक्षमा पूर्णप्रसाद गुरागाईँ, सचिवमा पवित्र कार्की र उपसचिवमा बालकृष्ण घिमिरे निर्वाचित भएका छन् । 

खाँडादेवीमा मोतीलाल तामाङको अध्यक्षतामा नयाँ समिति

नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटीको अध्यक्षमा मोतीलाल तामाङ निर्वाचित भएका छन् । खाँडादेवी गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले तामाङको नेतृत्वमा खाँडादेवी गाउँपालिका कमिटी चयन गरेको हो । अधिवेशनले गाउँ पालिका कमिटीको उपाध्यक्षमा जंगलाल तामाङ, सचिवमा रमेश केसी, उप–सचिवमा मनिस श्रेष्ठ र निर्मला चालिसे (पौडेल) लाई निर्वाचित गरेको छ ।

जिल्ला अधिवेशन, वडा अधिवेशन हुँदै जिल्लाका ८ ओटै स्थानीय तहको अधिवेशन सम्पन्न भएसँगै नेकपा एमाले रामेछापको संघीय संरचना अनुसार सबै अधिवेशनहरू सकिएको नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकालले जानकारी दिए । जिल्ला, वडा र पालिका तहको अधिवेशनहरू तोकिएकै मितिमा सम्पन्न भएर सबै संरचनामा नयाँ नेतृत्व आइसकेको उपाध्यक्ष ढकालले बताए ।

नेकपा एमालेको विधान अनुसार जिल्ला, वडा र पालिकाका कमिटीहरुको कार्यकाल ३ वर्षको हुने छ ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित
राजनीति

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०८२
0

रामेछाप- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । २४ हजार ८ सय ८ मत प्राप्त...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper