रामेछाप- विश्व हिन्दु महासंघ रामेछापको धार्मिक सम्मेलन तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ । धार्मिक सम्मेलन सँगै भएको जिल्ला अधिवेशन बाट अध्यक्षमा रामचन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रामप्रसाद घिमिरे, महिला उपाध्यक्षमा सरिता खड्का क्षेत्री, उपाध्यक्ष खुल्ला तर्फ वेद कुमार श्रेष्ठ, सचिवमा प्रकाश न्यौपाने, सहसचिवमा जय प्रकाश प्रधान, योगेश न्यौपाने र कोषाध्यक्षमा मीन कुमार घिमिरे सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै गरी सदस्यहरूमा सोम नाथ योगी र सिता कुमारी शर्मा सर्वसम्मत चयन भएको र अन्य सदस्यहरू भने कार्यसमितिले चयन गर्ने वरिष्ठ उपाध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए ।
धार्मिक सम्मेलनमा विश्व हिन्दु महासंघ नेपालका प्रमुखहरूको समेत सहभागिता रहेको थियो । शंख घण्टी सहित भैसेश्वरबाट सुरु गरेको र्यालीले बजार परिक्रमा समेत गरेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्