Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

दुई चौमासिकको अवधिमा गोकुलगंगामा ७५ प्रतिशत योजनाको भुक्तानी

संवादाताः कुमार श्रेष्ठ
जेष्ठ १, २०८०

रामेछाप– गोकुलगंगा गाउँपालिकाको चालु आर्थिक वर्षको दुई चौमासिकको खर्च ५५ दशमलव ९४ प्रतिशत भएको छ । गाउँपालिकाले शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म गरेको खर्चको विवरण प्रस्तुत गर्दै हाल सम्म समग्रमा ५५ दशमलव ९४ प्रतिशत भएको बताएको हो ।

चालु आर्थिक वर्ष ०७९÷८० को दोस्रो चौमासिक सम्मको खर्च विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले चालु तर्फ ३३ करोड १६ लाख ८ हजार ४ सय ४१ र पुँजीगत तर्फ ३१ करोड ४१ लाख ६६ हजार गरी जम्मा ५६ करोड २९ लाख ४६ हजार रहेकोमा चालु तर्फ २२ करोड ५ लाख ९३ हजार ९ सय १४ रुपैयाँ १४ पैसा (६५.११ प्रतिशत) खर्च हुँदा पूजीगत तर्फ १४ करोड ४६ लाख ९६ हजार ४ सय १४ रुपैयाँ (४६.०५ प्रतिशत) खर्च भएको बताए । थापाका अनुसार चालु र पुजिगत गरी ३६ करोड ५२ लाख ९० हजार ४ सय ४ रुपैयाँ अर्थात ५५ दशमलव ९४ प्रतिशत वितीय प्रगती भएको छ । थापाले प्रस्तुत गरेको संक्षिप्त प्रगति विवरणमा चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा ७५ प्रतिशत योजनाहरुको भुक्तानी भएको देखिएको छ ।

पालिकाको ठूला आयोजनाहरुको काम अन्तिम चरणमा पुगीसकेको तर भुक्तानी गर्न बाँकी रहेकाले पनि वित्तिय प्रगती कम भएजस्तो देखिएको प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले बताए ।

गाउँपालिकाको चालु आर्थिक वर्षको दोस्रो चौमासिकको अवधि सम्म संचालित विकास योजना तथा कार्यक्रमहरुको प्रभावकारिता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइमा सहभागीले गाउँपालिकाबाट भएका विभिन्न योजना तथा सेवा प्रवाको बारेमा प्रश्न गरेपछि गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) र प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले जवाफ दिएका थिएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले विगतको पाँच वर्ष देखि वितरण गरिएको अनुदानको अवस्थाको बारेमा गाउँपालिकाले जानकारी गराउनु पर्ने माग गरेका छन् । कार्यक्रममा सहभागी भएका स्थानीयले कृषि, पशुपालन, स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पूर्वाधारलाई सबैको पहुँचमा पुग्ने गरी गुणस्तरीय सेवा दिन गाउँपालिकाले विषेश अभियान चाल्नु पर्ने सुझाव दिएका छन् । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि र पत्रकार महासंघ रामेछापका अध्यक्षले गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइले पालिकाको गतिविधिको बारेमा जानकारी पाउने अवसर मिलेको प्रतिक्रिया दिँदै आगामी दिनमा गाउँपालिकाले आम नागरिकको आवश्यकतालाई पहिलो प्राथमिकता राखेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।

सार्वजनिक सुनुवाई नागरिक स्तरबाट उठेका विभिन्न प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आफू निर्वाचत भएर आएदेखि नै गाउँपालिका भित्रका नागरिकको समस्यालाई केन्द्रमा राखेर काम गरेको र आगामी दिनमा पनि त्यसले निरन्तता पाउँने धारणा व्यक्त गरे । उनले गाउँपालिकावासीको आवश्यकतालाई सहज रुपमा पुरा गर्न र पालिकालाई सुशासन मैत्री बनाउन अहिलेको विद्युतिय प्रविधिको प्रयोग गरी वडा वडाबाट काम गरिएको बताए । सकेसम्म पाँच वर्षमा आम नागरिकबाट प्रश्न नउठ्ने गरी पालिकालाई विकासमा आगडि बढाउने गरी काम गर्ने योजनामा आफू रहेको पनि अध्यक्ष खड्काले प्रतिवद्धता जनाए ।

गोकुलगंगा गाउँपालिकाको आयोजना तथा प्रहार मिडिया प्रा.लिको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा १ सय ५० बढीले सहभागिता जनाएका थिए ।

दोस्रो चौमासिक सम्मको संक्षिप्ता प्रगति विवरण

गोकुलगंगा-गाउँपालिकाको-दोस्रो-चौमासिक-सम्मको-प्रगति-विवरणDownload

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper