रामेछाप– जिल्लाको मन्थली नगरपालिका– ३ कठजोरका ३२ वर्षीय विश्वराज बुढाथोकी आर्थिक अभावमा अस्पातलको शैयामा छट्पटाइरहेका छन् । दुईवटै मृगौला फेल भएका बुढाथोकी एक वर्ष देखि काठमाडौंको वीर अस्पातलमा जीवन मरणको दोसाधमा छन् । एक वर्ष देखि वीर अस्पतालमा दुवै मृगौलाको डाइलसिस गराइरहेका बुढाथोकीको अब मृगौला प्रत्यारोपण गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् ।
दुवै मृगौला फेल भएका कारण प्रत्यारोपण गर्नु पर्ने भएपछि अस्पतालकै शैयाबाट विश्वराजले सहयोगको अपिल गरेका छन् । आफूसँग भएको केही पैसा पनि यस अघिको उपचारमा खर्च भइसकेको बताउँदै बुढाथोकीले सहयोगको अपिल गरेका हुन् ।
उनले सहयोगका लागि आफ्नो बैंक खाता सार्वजकि गरेका छन् । उनले एनआइसी बैंकको १८८७८८२०५९५२४००१ नम्बरको खाता सार्वजनिक गरेका छन् ।
उनको उपचारको लागि वडा कार्यालयले पनि सहयोगको अपिल गरेको छ । अस्पतालको शैयामा रहेका बुढाथोकीलाई हाल विभिन्न व्यक्तिहरुले सहयोग गरीरहेका छन् । उनलाई सहयोग गर्नेलाई आफैले धन्यवाद दिइरहेका छन् ।
उनि नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ३ कठजोरका वडा इकाई सचिव पनि हुन् ।
आफ्नो प्रतिकृया दिनुहोस्