Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

आफ्नै पार्टीका उम्मेदवार हराउन बन्ने गुटको अन्त्य हुनुपर्छ- सचिव खड्का

संवादाताः करुण सिं बराइली
बैशाख २, २०८०

काठमाण्डौ- नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काले आफ्नै पार्टीका उम्मेद्वार हराउन बन्ने गुटको अन्त्य हुनु पर्ने बताएका छन् । शनिबार गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले काठमाण्डौमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा सचिव खड्काले नेपाली काँग्रेस पार्टी भित्र आफूलाई मन नपरेको मान्छेले टिकट लिएमा हराउन नेताहरु गुट नै बनाएर लाग्ने गरेको आरोप लगाउँदै त्यसको अन्त्य गर्न आवश्यक रहेको बताएका हुन् ।

पार्टी सचिव खड्काले लोकतान्त्रिक पार्टीमा गुट उपगुट बन्नु स्वभाविक भएको भएता पनि त्यो गुटले काँग्रेसबाट टिकट लिएर अर्को पार्टीको उम्मेद्वारसँग प्रतिस्पर्धामा रहेका आफ्नो पार्टीको उम्मेद्वारलाई हराउनेमा नभएर जिताउनेमा सबै नेताहरु एक भएर लाग्नु पर्ने धारणा राखे ।

मन नपरेका मान्छेलाई हराउन बनेको गुटलाई नेताहरुले सक्रिय राखे त्यसले पार्टीलाई घाटा लाग्ने बताउँदै सचिव खड्काले पार्टी भित्र बनेका गुट पार्टी भित्रको अधिवेशनमा मात्रै प्रयोग गरिनु पर्ने धारणा राखे । उनले अहिले नेपाली काँग्रेस भित्रका अधिकाशं नेता तथा कार्यकर्ताहरु आफ्नै पार्टीका नेताहरुको आलोचना गर्नेमा बढी केन्द्रित भएको आरोप लगाउँदै काँग्रेस पार्टीको त्यो विशेषता नभएकाले आफ्नो कमजोरीलाई त्याग्न जरुरी रहेको पनि बताए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष समेत रहेका खड्काले स्वर्गीय गिरिजा प्रसाद कोइरालाले शान्ति, लोकतन्त्र र समृद्धिको नारा लिएर अगाडि बढेको स्मरण गर्दै फाउण्डेशनले त्यही नारालाई आत्मासात गर्दै समाजमा त्यही सन्देश स्थापित गरेर मुलुकमा आएको शान्ति, लोकतन्त्र र समृद्धिलाई संस्थागत गर्न पनि फाउण्डेशनले काम गरीरहेको बताए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दीपक खड्काको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछापका पुर्व पार्टी सभापति रामचन्द्र खड्का, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पुर्वगृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ (कुशल) लगायत नेपाली काँग्रेस रामेछापका नेता, गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper