Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

संवादाताः हाम्रो प्रहार
माघ १०, २०७९

रामेछाप- नेपाल विद्यार्थी संघ रामेछापले मन्थली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी नेविसंघ रामेछापले विद्यालयमा अध्ययनरत तीन सय विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको हो ।

कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले जाडोको समयमा न्यानो कपडा वितरण गरिएको नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले बताए । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको आग्रहमा नै न्यानो कपडा वितरण गरिएको उनको भनाई छ । मन्थली माविमा मात्रै नभइ जिल्लाभरीका विद्यार्थीलाई जस्तोसुकै अफ्टेरो परेमा पनि नेविसंघले सहयोग गर्ने बताउँदै अध्यक्ष बुढाथोकीले नेविसंघ रामेछापको सम्पर्कमा आउन अनुरोध गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले देशलाई पूर्ण रुपमा सवल बनाउने थलो विद्यालय भएकाले शिक्षकहरुले पठनपाठनलाई राम्रो बनाउन जरुरी रहेको बताए । उनले रामेछापको शैक्षिक क्षेत्रको गुणस्तरीय विकासको लागि आफू प्रतिवद्ध भएर लाग्ने धारणा राखे । उनले मन्थली माविको भौतिक संरचना निर्माण देखि शैक्षिण गुणस्तरको आगि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीले भविष्यको कर्णधार उत्पादन हुने विद्यालय जस्तो पवित्र भूमिमा सबैले सहयोग गर्नु पर्नेमा जोड दिंदै विद्यालयलाई आवश्यक पर्ने सहयोग जुडाउन आफू लाग्ने प्रतिवद्धता जनाइन् ।

जाडोको समयमा नेविसंघ रामेछापले सहयोगी भावनाका साथ विद्यार्थीहरुलाई उपलब्ध गराएको न्यानो कपडाले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई राहात मिलेको मन्थली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद सुवेदी (श्याम) ले बताए । उनले मन्थली माविमा पढ्ने धेरै जसो बालबालिकाहरु कमजोर आर्थिक अवस्था भएका परिवारका भएको बताउँदै उनिहरुको सहयोगका लागि आफूहरुकै अग्रसरतामा यस्ता सहयोगी हातहरु खोज्दै हिँडेको धारणा राखे ।

नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीको अध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यपक टंक प्रसाद दाहाल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Related Posts

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
समाचार

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २१, २०८२
0

चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा...

पुरा पढ्नुहोस्
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
समाचार

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०८२
0

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा...

पुरा पढ्नुहोस्
७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper