रामेछाप- मन्थली नगरपालिका वडा नं ३ मा नेपाली काँग्रेसले नारायण बहादुर बोगटीलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । नेपाली काँग्रेस रामेछापले पार्टी प्रवक्ता समेत रहेका बोगटीलाई वडाध्यक्षको उम्मेद्वार बनाएको हो । त्यस्तै खुल्ला सदस्यमा बासुदेव सुवेदी र राजेन्द्र विक्रम रोकालाई उम्मेद्वार बनाएको छ । महिला सदस्यमा रमादेवी थापा मगर र दलित महिला सदस्यमा बिमला रम्तेललाई उम्मेद्वार बनाएको छ ।
मन्थली नगरपालिका वडा नं ३ मा यस अघि पनि नेपाली काँग्रेसले जितेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्