Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सालुका ४ सय विद्यार्थीलाई स्कुल ब्याग वितरण

संवादाताः कुमार श्रेष्ठ
फाल्गुन २०, २०७८

रामेछाप– नेपाल जेसीज राष्ट्रिय स्वास्थ्य समिति वर्ष २०२२ ले रामेछापको मन्थली नगरपालिका वडा नं ४ सालुका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ । बुधवार सालुका सिद्धेश्वर माध्यमिक विद्यालय, सेतीदेवी आधारभूत विद्यालय र भिमेश्वर आधारभूत विद्यालयमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी ती विद्यालयमा अध्ययनरत करिव ४ सय विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो । नेपाल जेसीज राष्ट्रिय स्वास्थ्य समिति वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष गोपाल खड्काको व्यक्तिगत सहयोगमा ब्याग वितरण गरिएको हो ।

त्यस्तै स्कुल ब्याग वितरणसँगै विद्यालयका शिक्षक, विद्यालयमा अध्ययनरत विद्यार्थी र उनिहरुका अभिभावकहरुलाई समेत सहयोग पुग्ने गरी स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमको समेत आयोजना गरिएको छ । विद्यार्थी र अभिभावक सहित सहभागी भएको कार्यक्रममा पाटन अस्पताल र ललितपुर अस्पतालका सामाजिक सुरक्षा कार्यक्रमका संयोजक प्रकाश थापामगरले विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी गराएका थिए ।

ब्याग वितरण कार्यक्रममा बोल्दै नेपाल जेसीज राष्ट्रिय स्वास्थ्य समिति वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष गोपाल खड्काले समाज परिवर्तनको लागि सबै व्यक्तिहरुले आफूबाट परिर्तनको सुरुवात गर्नु पर्ने बताउँदै आफूले मेहनत गरेर कमाएको धनको दश प्रतिशत समाज सेवामा खर्च गर्ने गरेको बताए । अध्यक्ष खड्काले आफूले काम गर्ने स्वास्थ्य क्षेत्र भएकाले आफ्नो जिल्ला र गाउँमा नागरिकलाई स्वास्थ्य समस्या परेको बेला सधै सहजीकरण गर्न र सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे । गाउँ विकास र देश विकासको लागि सबै नागरिकहरुले आ–आफ्नो ठाउँबाट सक्रिय भएर लागे हामीले कल्पना गरेको विकास चाँडै हुने धारणा राखे । अध्यक्ष खड्काले हरेक विद्यार्थीका अभिभावकले आफ्ना बालबच्चहरुलाई सामाजिक सस्कार सिकाउन आवश्यक रहेको बताए । उनले विद्यार्थीहरुलाई आफूले भविष्यमा के बन्ने हो त्यो बाटोलाई विद्यालय जीवनबाटै पहिचन गरेर हिड्दा राम्रो हुने धारणा राखे ।

नेपाल जेसीज राष्ट्रिय स्वास्थ्य समिति वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष गोपाल खड्काको अध्यक्षता, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेलको प्रमुुख आतिथ्यता तथा समाजसेवी एवं काँग्रेस महाधिवेशन प्रतिनिधि युवराज भट्टराईको विशेष आतिथ्यता भएको कार्यक्रममा प्रमुख अथिति, विशेष अतिथि, अतिथि लगायतले अ–आफ्नो भनाई राखेका थिए ।

ब्याग वितरण तथा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्थानीय समाजसेवी, रामेछाप जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीज वोर्डका सल्लाहकार राजकुमार केसी, नेपाल जेसीजका नेशनल मिडिया कोअर्डिनेटर सोनीतराज ढुंगेल, नेशनल भाइस प्रेसिडेन्ट योगिराज अधिकारी, रामेछाप जेसीजका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल जेसीज अन्तर्गत राष्ट्रिय स्वास्थ्य समिति २०२२ को आयोजना तथा रामेछाप जेसीजको आतिथ्यतामा कार्यक्रम भएको हो ।

नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ४ सालुका इकाई सभापति यादव खड्का, स्थानीय काँग्रेस नेता राजन घिमिरे, विमल काफ्ले र अनन्त पुलामी मगरको अनुरोधमा सालुका तीन विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको नेपाल जेसीज राष्ट्रिय स्वास्थ्य समिति वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष गोपाल खड्काले बताए ।

Related Posts

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति
समाचार

संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति

संवादाताः हाम्रो प्रहार
फाल्गुन ९, २०८२
0

रामेछाप- नेपाली काँग्रेस  रामेछापले पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन गठन गरेको बिशेष युवा परिचालन समितिले जिल्लाका ६४ ओटै वडाका...

पुरा पढ्नुहोस्
बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी
समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२
0

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper