Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

‘सुनापति गाँउपालिका अध्यक्ष कप–२०७८’ चैत्र ५ गते देखि हुने

संवादाताः हाम्रो प्रहार
फाल्गुन १९, २०७८

रामेछाप- ‘तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप– २०७८’ प्रतियोगिता चैत्र ५ गते देखि सुरु हुने भएको छ । गाउँपालिकाले शनिवार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलान गरी विगत दुई वर्ष देखि संचालनमा रहेको सुनापति गाउँपालिका अध्यक्ष कप प्रतियोगिताको आयोजना यो वर्ष चैत्र ५ गते देखि ८ गते सम्म संचालन हुने बताएको हो ।

पत्रकार सम्मेलनमा पालिकाको खेलकुदसँग सम्बन्धित कार्यक्रमहरुलाई बृद्धी गर्न ‘सुनापति गाँउपालिका अध्यक्ष कप– २०७८’  प्रतियोगित संचालन गर्न लागेको बताउँदै गाउँपालिकाले यो पटक अध्यक्ष कप प्रतियोगिता अन्तरगत जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।

जिल्ला स्तरीय अन्तर पालिका प्रतियोगिता अन्तर्गत तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कपलाई सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता मानिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाका अनुसार प्रतियोगिताको पुरुष भलिबल तर्फ प्रथम पुरस्कार २ लाख रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र रहेको छ । त्यसैगरी द्धितीय पुरस्कार १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय पुरस्कार ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण–पत्र रहेको छ भने सान्त्वना पुरस्कार २५ हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाण–पत्र रहेको छ ।

पुरुष भलिबल प्रतियोगिता तर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाण–पत्र उपलब्ध गराइने बताइएको छ भने उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट सर्भरलाई ५/५ हजार नगदको साथमा ट्रफी र प्रमाण–पत्र उपलब्ध गराइने आयोजक गाउँपालिकाले बताएको छ । त्यस्तै प्रशिक्षकलाई जनही ५ नगदको साथमा ट्रफी र प्रमाण–पत्र प्रदान गरिने आयोजकले बताएको छ ।

सुनापति गाउँपालिका अध्यक्ष कप–२०७८ मा पुरुष ब्याडमिन्टन र महिला ब्याडमिन्टन प्रतियोगिता पनि समेटिएको आयोजकले बतएको छ । जिल्ला स्तरीर अन्तर पालिका ब्याडमिन्टन प्रतियोगतामा पुरुषले पुरुषसँग मात्रै र महिलाले महिलासँग मात्रै भिड्न पाउने भएपनि पुरस्कार भने समान रहेको छ ।

ब्याडमिन्टनतर्फ प्रमथ पुरस्कार १५ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र, द्धितीय पुरस्कार १० हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र, तृतिय पुरस्कार ५ हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र रहेको छ । त्यसैगरी सान्त्वना हुनेलाई २ हजार ५ सय रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र उपलब्ध गराइने आयोजकको भनाई रहेको छ । ब्याडमिन्टनको उत्कृष्ट खेलाडीलाई १ हजार नगद पुरस्कार सहित ट्रफी र प्रमाण–पत्र रहेको आयोजकले बताएको छ । ब्याडमिन्टन प्रतियोगिता तर्फ पुरुष र महिला दुबैले भाग लिन पाउने छन

खेलकुदकै माध्यमबाट गाउँपालिकाको पहिचान बनाउने र भविष्यमा समेत खेलकुदबाटै आर्थिक बृद्धीमा टेवा पुर्‍याउने उदेश्य सहित आयोजना गर्न लागिएको प्रतियोगिताले सुनापति गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष धावा लामाले बताए । अध्यक्ष लामाले प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको समुहको मनोबल बृद्धि गर्नका लागि पालिकाले सहभागि सबै समूहलाई दैनिक भत्ताको समेत ब्यवस्था गरेको जनकारी गराएका छन् । प्रतियोगिताको क्रममा कुनै पनि खेलाडीहरु घाइते भएमा उनीहरुको सम्पूर्ण उपचार समेत गाउँपालिकाले नै गरिदिने ब्यवस्था सहित प्रतियोगिता संचालन हुने अध्यक्ष लामाको भनाई रहेको छ ।

प्रतियोगिताको बारेमा जानकारी गराउँदै सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले प्रतियोगितालाई सफल बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताउँदै प्रतियोगितामा खेलाडी तथा खेल प्रेमीलाई भाग लिन अनुरोध गरेका छन् । समितिका अध्यक्ष घिमिरेका अनुसार प्रतियोगिता सम्पन्न गर्न २० लाख रकम खर्च हुने छ ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper