रामेछाप– बागमती प्रदेश सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा बागमती प्रदेशका १३ ओटै जिल्लामा १ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकार (मन्त्रिपरिषद्) को सोमबार बसेको बैठकले माघ १९ गते बुधवार सोनाम ल्होछारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बागमती प्रदेश भित्र एक प्रमुख पर्वको रुपमा मनाइने सोनाम ल्होसारका दिन प्रदेश भर बिदा दिने निर्णय गरिएको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बताएको छ ।
यता रामेछापको सुनापति गाउँपालिकाले यस अघि नै माघ १८ गते देखि २० गते सम्म लगातार तीन दिन ल्होसारको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्