Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home प्रहरी–प्रशासन

भरुवा बन्दुक देखाएर चोरी गर्ने फर्पुका चार व्यक्ति पक्राउ

संवादाताः हाम्रो प्रहार
अशोज ८, २०७८

रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्ती जमुने स्थित सुजिता कुमारी बुढोथोकीको घरमा भरुवा बन्दुक देखाएर चोरी गर्ने चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भदौ ३१ गते राती चार जनाको समूहमा आएर भरुवा बन्दुक सहित धारिलो हतियार देखाएर डरत्रासमा पारेर सुनका गहना, पैसा लगायतका सामग्री चोरी गर्ने चार जनालाई प्रहरीले विहिबार पक्राउ गरेर शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पु घर भएका ३३ वर्षका ठुला भन्ने मिलन तामाङ, २६ वर्षका राहुल भन्ने लाल बहादुर तामाङ, ३४ वर्षका जंगे भन्ने आकाश तामाङ र १८ वर्षका आशिष भन्ने भुमिराज तामाङ रहेका छन् । चोरीमा संलग्न मिलन तामाङलाई फर्पुबाट, लाल बहादुर तामाङलाई मन्थलीबाट, आकाश तामाङ र भुमिराज तामाङलाई काठमाण्डौबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवराज ढुंगानाले बताए । 

चोरीमा संलग्न व्यक्तिहरुलाई सार्वजनिक गर्दै प्रहरी प्रमुख ढुंगानाले भने– ‘मानिस सुतिरहेको बेला रातको समयमा भरुवा बन्दुक र धारिलो हतियार सहित आएर डरत्रास देखाएर लुटपाट गरेको भन्ने खबर आउन साथ हामीले विभिन्न माध्यमबाट खोजी कार्य जारी राख्यौँ । घटना भएको ७ दिनको दिन लुटपाटमा संलग्न व्यक्तिहरुलाई विभिन्न ठाउँबाट पक्राउ गर्न सफाल भयौँ । पक्राउ पश्चात अनुसन्धान गर्दै जाँदा चारै जनाले कसूर स्वीकार गरेपछि आज हामीले लुटपाटमा संलग्न व्यक्तिहरु सर्वाजनिक गर्न सफल भएका छौँ ।’

घटनामा संलग्न व्यक्तिहरुको साथबाट भरुवा बन्दुक एक थान, पुरानो मोरु नोट ८ थान, अन्य नोट ३५ थान, सुन जस्तो देखिने फुली २ थान र निज प्रतिवादीहरुले प्रयोग गरिरहेको चार थान मोबाइल बरामत गरिएको ढुंगानाले बताए ।

जहेरीमा उल्लेख भए अनुसार भदौ ३१ गते राती पीडितको घरबाट अन्दाजी १ तोला सुनको बेरुवा रिङ २ थान, नाकमा लगाउने ६ आना सुनकोफुली १ थान, पोते सहितको १२ आना सुनको घोप्टे– १ थान, दुई छोरीहरुले नाकमा लगाएको ४÷४ आना सुनको फुली २ थान, घरको कोठामा टिनको बाक्सामा राखेको ६ आना सुनको ढुंग्री २ थान, सोही बाक्सामा राखेको ३ माना जती चाँदीका पुराना सिक्काहरु,  ६ आना सुनको कुण्डल २ थान, पोते सहितको १ तोल सुनको नौगेडी १ थान, पोते सहितको ६ आना सुनको तिलहरी १ थान, ६ आना सुनको औंठी १ थान, ४ तोला चाँदीको पाउजु २ थान, नगद पैसा रु.२५ देखि ३० हजार, आधा तोला सुनको तिलहरी १ थान, ८ आना सुनको माडवारी २ थान, ६ तोला चाँदीको कल्ली २ थान, केही पुरानाँ चाँदिका सिक्काहरु र एक थान शंख लगायतका सामग्री चोरी भएको छ ।

जाहेरीवालाले लाखौको सामग्री चोरी भएको बताएपनि चोरीमा संलग्नको साथबाट थोरै सामग्री बरामद भएकाले थप सामाग्रीहरु कहाँ रहेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख नवराज ढुंगानाले बताएका छन् ।

घटना र घटनामा संलग्न व्यक्तिहरुको बारेमा थप अनुसन्धानको लागि जिल्ला अदालत रामेछापबाट शुक्रबार नै ७ दिनको लागि म्याद थप गरेर अनुसन्धान कार्य अगाडि बढाइएको प्रनाउ ढुंगानाले बताए ।

टाउको र मुखमा रुमाल बाँधेर आएका चार जनाले पीडित सुनिता कुमारी र उनकी दुई छोरीलाई समेत बन्दुकको कुन्दाले प्रहार गरी डरत्रास देखाएर करिव दुई घण्टाको अवधिमा घरको विभिन्न ठाउँमा भएका सामग्रीहरु चोरेर लगेका थिए ।

रामेछापमा तीन महिनादेखि विभिन्न ठाउँमा एकै प्रकृतिका श्रृंखलाबद्ध रुपमा चोरीका घटनाहरु भइरहेका छन् ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper