रामेछाप– रामेछाप जिल्लामा एकै दिन १ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस अघि विभिन्न समयमा पीसीआर परिक्षणको लागि स्वाब संकलन गरी गरीक्षणको लागि परीपठाएका १ सय ५५ जनामा र एन्टिजेन परिक्षणको क्रममा २५ जना गरी अहिले सम्मकै ठूलो संख्यामा १ सय ८० जना नयाँ संक्रमित थपिएका हुन् ।
संक्रमित हुनेमा मन्थली नगरपालिकाका ६९ जना, दोरम्बा शैलुङ गाउँपालिकाका ४५ जना, लिखुतामाकोशी गाउँपालिकाका ४३ जना, सुनापति गाउँपालिकाका २१ जना र उमाकुण्ड गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए ।
एकै दिन १ सय ८० जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा सक्रिय सक्रमितको संख्या ४ सय ९५ पुगेको छ । हाल सम्म निको हुनेको संख्या ३ सय २७ रहेको छ भने कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्