Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

हतारमा गरिएको पार्टी एकताको परिणाम

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ फाल्गुन २६
  • 51shares

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएको छ । यो फैसला पछि तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पुरानै अवस्थामा फर्कन बाध्य भएका छन । राजनीतिमा ओझेलमा परेका ऋषि कटेल अहिले यो फैसला पछि चर्चित बनेका छन । यसले उनलाई फाइदा नै पुग्ने देखिन्छ । एमाले पृष्ठभूमि भएका एमालेतिरै र माओवादी पृष्ठभूमि भएका माओवादी केन्द्रतिरै फर्कने अवस्था सृजना भएको छ । सर्वोच्चको फैसलापछि दाहाल–नेपाल समूहमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू केपी शर्मा ओली नेतृत्वमा रहेको एमालेमा नै मिसिने बाध्यात्मक अवस्था भयो । पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउने बाटोमा लागेका छन । हाल नेपालमा उत्पन्न राजनीतिक गतिरोध समाधानका लागि सबै दलहरू मिलेर  अघि बढनुपर्ने अवस्था निर्माण भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच हतारमा पाटी एकता भयो । त्यसको परिणाम अहिलेको परिस्थिति सिर्जना भएको देखिन्छ । मुख्य कुरा विचार र सिद्धान्त मिल्नु पर्छ ।

विचार र सिद्धान्त नमिलिकन गरिएको एकता टिकाउ हुदैन । अहिले भएको त्यहि हो । जबसम्म विचार तथा सिद्धान्तमा मेल खाँदैन तवसम्म एकता बलियो र टिकाउ हुदैन ।  नेतृत्वहरू स्वार्थ र तिकडमको खेलमा अघि बढदा यो समस्या आएको हो । विचार र सिद्धान्त नमिलेसम्म एकता सार्थक र प्रभावकारी हुन सक्दैन भन्ने कुरा इतिहासले पुष्टि गर्दै आएको छ । लोकतन्त्र बलियो बनाउने हो भने राजनीतिक दलहरू फुट्नुहुँदैन । दलहरु फुटदा लोकतन्त्र कमजोर हुन्छ । अव दलहरू फुटेर होइन जुटेर अघि बढनुपर्छ । त्यसो भयो भने मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन सक्छ । त्यसैले, सबै कम्युनिस्ट घटकबीच एकताको जरुरी छ ।  यो एकता ढिलोचाँडो अनिवार्य नै छ ।

अहिले एमाले र माओवादी केन्द्रबीच तत्कालका लागि पुनः एकता हुन सक्ने अवस्था नभए पनि कार्यगत एकता गरेर अघि बढनु पर्ने आबश्यकता देखिएको छ । हरेक पार्टीको सबैभन्दा ठूलो कुरा भनेकै अनुशासन हो ।  हरेक पाटीले  विधि पद्धतिको पालना गर्न सिक्नु पर्छ । आफ्नै नेतृत्व र नेतालाई गाली गलोजको परिपाटी अन्त्य हुनु पर्छ । यस्ता गतिविधिले पाटीलाई कमजोर बनाउछ । हिजोको दिनमा नेकपाको आन्तरिक बिवादका कारण आम कार्यकर्तामा निराशा छाएको थियो । अव कार्यकर्तामा निराशा आउन दिनु हुदैन । नेकपाका महासचिव नेत्रविक्रम चन्द उर्फ विप्लव पनि अन्ततः शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका छन । आमनेपालीका लागि यो एउटा खुशीको कुरा हो । यतिबेला सर्वोच्चको पछिल्लो फैसलाले सिंगो राजनीतिलाई नै तरंगित बनाएको छ । यस अवस्थामा नेत्रविक्रम चन्दको आगामी रणनीति के हुने हो सवैको चासोको बिषय बनेको छ । नेपाली जनताको वर्षौंदेखिको अपेक्षा भनेको बिकास र समृद्धि हो । स्वदेशमा रोजगारी नपाएर युवा जनशक्ति  विदेश जान बाध्य छन । युवा जनशक्तिलाई आफ्नै देशमा विभिन्न क्षेत्रका रोजगारीका स्रोतहरू सिर्जना गरेर जानु पर्ने अवस्था छ । अव दलहरुको ध्यान यतातिर केन्द्रित बनोस् ।

  • 51shares
ShareTweetPin

Related Posts

नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार
समाचार

नेपाल पत्रकार महासंघको निर्वाचनः वागमती प्रदेशमा रामेछापबाट दुई जना उम्मेद्वार

पत्रकार महासंघको निर्वाचनः रामेछापमा अध्यक्ष पदमा सुमित श्रेष्ठको उम्मेद्वारी घोषणा
समाचार

पत्रकार महासंघको निर्वाचनः रामेछापमा अध्यक्ष पदमा सुमित श्रेष्ठको उम्मेद्वारी घोषणा

सहकारीबाट ऋण लिने ऋणीको मृत्यु भएपछि इन्स्योरेन्सले नै तिरिदियो पाँच लाख ऋण
समाचार

सहकारीबाट ऋण लिने ऋणीको मृत्यु भएपछि इन्स्योरेन्सले नै तिरिदियो पाँच लाख ऋण

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन