Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

हतारमा गरिएको पार्टी एकताको परिणाम

संवादाताः हाम्रो प्रहार
फाल्गुन २६, २०७७

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएको छ । यो फैसला पछि तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पुरानै अवस्थामा फर्कन बाध्य भएका छन । राजनीतिमा ओझेलमा परेका ऋषि कटेल अहिले यो फैसला पछि चर्चित बनेका छन । यसले उनलाई फाइदा नै पुग्ने देखिन्छ । एमाले पृष्ठभूमि भएका एमालेतिरै र माओवादी पृष्ठभूमि भएका माओवादी केन्द्रतिरै फर्कने अवस्था सृजना भएको छ । सर्वोच्चको फैसलापछि दाहाल–नेपाल समूहमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू केपी शर्मा ओली नेतृत्वमा रहेको एमालेमा नै मिसिने बाध्यात्मक अवस्था भयो । पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउने बाटोमा लागेका छन । हाल नेपालमा उत्पन्न राजनीतिक गतिरोध समाधानका लागि सबै दलहरू मिलेर  अघि बढनुपर्ने अवस्था निर्माण भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच हतारमा पाटी एकता भयो । त्यसको परिणाम अहिलेको परिस्थिति सिर्जना भएको देखिन्छ । मुख्य कुरा विचार र सिद्धान्त मिल्नु पर्छ ।

विचार र सिद्धान्त नमिलिकन गरिएको एकता टिकाउ हुदैन । अहिले भएको त्यहि हो । जबसम्म विचार तथा सिद्धान्तमा मेल खाँदैन तवसम्म एकता बलियो र टिकाउ हुदैन ।  नेतृत्वहरू स्वार्थ र तिकडमको खेलमा अघि बढदा यो समस्या आएको हो । विचार र सिद्धान्त नमिलेसम्म एकता सार्थक र प्रभावकारी हुन सक्दैन भन्ने कुरा इतिहासले पुष्टि गर्दै आएको छ । लोकतन्त्र बलियो बनाउने हो भने राजनीतिक दलहरू फुट्नुहुँदैन । दलहरु फुटदा लोकतन्त्र कमजोर हुन्छ । अव दलहरू फुटेर होइन जुटेर अघि बढनुपर्छ । त्यसो भयो भने मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन सक्छ । त्यसैले, सबै कम्युनिस्ट घटकबीच एकताको जरुरी छ ।  यो एकता ढिलोचाँडो अनिवार्य नै छ ।

अहिले एमाले र माओवादी केन्द्रबीच तत्कालका लागि पुनः एकता हुन सक्ने अवस्था नभए पनि कार्यगत एकता गरेर अघि बढनु पर्ने आबश्यकता देखिएको छ । हरेक पार्टीको सबैभन्दा ठूलो कुरा भनेकै अनुशासन हो ।  हरेक पाटीले  विधि पद्धतिको पालना गर्न सिक्नु पर्छ । आफ्नै नेतृत्व र नेतालाई गाली गलोजको परिपाटी अन्त्य हुनु पर्छ । यस्ता गतिविधिले पाटीलाई कमजोर बनाउछ । हिजोको दिनमा नेकपाको आन्तरिक बिवादका कारण आम कार्यकर्तामा निराशा छाएको थियो । अव कार्यकर्तामा निराशा आउन दिनु हुदैन । नेकपाका महासचिव नेत्रविक्रम चन्द उर्फ विप्लव पनि अन्ततः शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका छन । आमनेपालीका लागि यो एउटा खुशीको कुरा हो । यतिबेला सर्वोच्चको पछिल्लो फैसलाले सिंगो राजनीतिलाई नै तरंगित बनाएको छ । यस अवस्थामा नेत्रविक्रम चन्दको आगामी रणनीति के हुने हो सवैको चासोको बिषय बनेको छ । नेपाली जनताको वर्षौंदेखिको अपेक्षा भनेको बिकास र समृद्धि हो । स्वदेशमा रोजगारी नपाएर युवा जनशक्ति  विदेश जान बाध्य छन । युवा जनशक्तिलाई आफ्नै देशमा विभिन्न क्षेत्रका रोजगारीका स्रोतहरू सिर्जना गरेर जानु पर्ने अवस्था छ । अव दलहरुको ध्यान यतातिर केन्द्रित बनोस् ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper