Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

संसद पुन: स्थापना हुनु भनेको जनताको भाग्य र भविश्य चम्कनु हो

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ फाल्गुन १२
  • 34shares

डा. डी.आर. उपाध्याय

अन्ततः संसद पुनस्थापना भएरै छाड्यो । बर्तमान संकटको निकास भनेको संसद पुनस्थापना हो भनेर म बारम्वार बिषय वस्तु उठाउँदै आफना बिचार राख्दै आएको सर्वबिदितै छ । अव मुलुकको राजनीतिक र संवैधानिक संकट समाधान भएको छ । मुलुक सहि बाटोमा आएको छ । सम्मानित अदालतबाट निष्पक्ष फैसला भएको छ । यसको हामी सवैले स्वागत गर्नु पर्छ । न्याय मरेको छैन भन्ने कुरा प्रमाणित भएको छ । यो फैसलाले जनताको पक्षमा न्याय भएको छ । संसद पुनस्थापना हुनु भनेको जनताको जित हो । यो बेमौसमीमा जनताले चुनाव चाहेका थिएनन । अहिले संसद पुनस्थापना भएर संकट समाधान भएको छ । यो नै राम्रो कुरा हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेर जनताको मन जितेको छ । यो नै खुशिको कुरा हो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरि संसद पुनःस्थापनाको फैसला गरेर सवैको मनमा बस्न सफल भएको छ । २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ । संवैधानिक पद्धति नै समाप्त हुन्छ की भन्ने आम नागरिकमा एक खालको डर उत्पन्न भएको थियो । त्यो डरलाई सर्वोच्चले निर्मूल गरिदिएको छ । संवैधानिक पद्धतिलाई सहि बाटोमा ल्याइदिएको छ । यो भन्दा खुशिको कुरा अरु के हुन्छ ? संसद् पुनस्थापना हुनु भनेको जनताको भाग्य र भविश्य चम्कनु हो । यो फैसलाले संसद्लाई प्रतिनिधिसभा विघटनभन्दा अघिको स्थानमा फर्काएको छ । अब सांसदहरुले, राजनीतिकर्मीहरुले संविधानको भावनाअनुसार र जनताप्रतिको जवाफदेहितालाई राम्रोसँग बुझेर, गुट–उपगुटमा विभाजित नभइ, निजी स्वार्थहरुमा विभाजित नभएर देशको हितमा काम गर्नु पर्छ ।देशका सामु धेरै समस्याहरु तेर्सिएका छन् । संसद् पुनस्थापित हुने बित्तिकै सबै समस्या समाधान हुन्छ भन्ने सोच्नु हुदैन । अव दलहरु सच्चिने मौका पनि हो यो । देशमा देखिएका तमाम समस्या समाधानतर्फ सवै अग्रसर हुनु पर्ने आबश्यकता देखिएको छ । अव देश अघि बढाउन सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । अदालतले संविधान, ऐन, कानुन अनुसार फैसला गरेको छ । यो राम्रो पक्ष हो । अदालतले आफ्नो जवाफदेहितालाई निर्वाह गरेको छ । जनताको अपेक्षालाई उसले पुरा गरिदिएको छ । यसअर्थमा पनि सर्वोच्चको यो फैसला सकारात्मक हो भन्ने मलाई लाग्छ । संविधान जनताको हो, जबसम्म प्रजातन्त्रमा नागरिक आफैंले आफ्नो स्वामीत्व वा दायीत्व ग्रहण गर्दैन, तब सम्म देश सुरक्षित हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा भनेको संवैधानिक सर्वोच्चता सबैले मान्नु पर्छ । कानुनको राज्य भनेको संविधानको सर्वोच्चता हो । त्यो सर्वोच्चता अन्तर्गत सबैजना राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश जोजुकै पनि चल्नुपर्छ । संविधान सर्वोच्च हो । संविधानभन्दा माथि कोही छैन । अदालतले यो संविधानलाई सहि बाटोमा हिँडाउनका लागि सहि ट्रयाकमा ल्याउने काम गरेको छ ।

  • 34shares
ShareTweetPin

Related Posts

राजनीति दम्भले उत्पन्न राजनीतिक संकट
विचार

राजनीति दम्भले उत्पन्न राजनीतिक संकट

वर्तमान संकट र यसको निकास
विचार

प्रजातन्त्र दिवस र यसको महत्व

वर्तमान संकट र यसको निकास
विचार

गरिखाने शिक्षा आजको आवश्यकता

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन