Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

राजनीति दम्भले उत्पन्न राजनीतिक संकट

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ फाल्गुन १०
  • 11shares

डा. डी.आर. उपाध्यात

यति बेला देश राजनीतिक संकटले अप्ठारोमा परेको छ । देशको राजनीतिक संकट समाधान गर्ने तर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ । लामो समयसम्म राजनीतिक संकट यही अवस्थामा रहने हो भने देशमा खतरा आउन सक्छ । पौष ५ मा प्रधानमन्त्रीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि राजनीतिक संकट बढ्दै गएको छ । मुलुकमा शान्ति, विकास र सामाजिक न्यायसहित समृद्धि हासिल गर्दै समाजवादको आधार निर्माणको दिशामा अगाडि बढनुपर्नेमा नेकपा दुई खेमामा विभाजित भएर एकले अर्कोलाई आरोप प्रत्यारोप लगााउँदै हिड्नु खासै राम्रो संकेत होइन ।

संविधान जारी भएको ५ वर्ष नपुग्दै मुलुकमा यस्तो गम्भीर खालको राजनीतिक संकट निम्तनु नेपाल र नेपाली जनताको लागि दुःखद पक्ष हो । सार्वभौम जनताको प्रतिनिधि संस्था संसद्लाई विघटन गर्नु हुदैन्थ्यो । यसले संविधानका मूल्यमान्यतामा गम्भीर खालको चुनौती खडा भएको छ । आर्थिक सामाजिक रूपान्तरणका जनमुखी कार्यक्रम आजको आवश्यकता हो । राजनीतिक संकटलाई छिटो समाधान गर्नुपर्छ । राजनीतिक संकट उत्पन्न हुनमा नेकपाका दुबै खेमा दोषी छन् । नेकपाका दुबै खेमाले दम्भको राजनीतिलाई छाडेर वर्तमान संकट समाधान गर्नेतर्फ लाग्नुपर्छ । नेकपाले नेपाली जनता र देशलाई धोका दिने काम गरेको छ । यो कुरा नेपाली जनताले चुनावको परिणाम बाट निश्चय नै फैसला गर्ने नै छन् । सत्तामा पुगेपछि सत्ता उन्मादले जुन सुकै शासकलाई पनि अन्धो बनाउँछ । सत्ताको घुम्ने कुर्सी नै त्यस्तै हुदो रहिछ कि क्याहो । कवि भूपि शेरचनले त्यसै भनेका होइनन्रहेछ घुम्ने मेच माथि अन्धो मान्छे । यो कुरा वर्तमान शासकलाई मात्र भन्न खोजेको होइन , विगतका शासकको पनि यही प्रवृति रहेछ ।

दलीय व्यवस्थामा शासक जनताप्रति उत्तरदायी र जवाफदेही हुनु पर्छ । आफू खुसी शासन चलाउन पाइदैन ।यसले अहिले जस्तै भोलि पनि राजनीतिक संकट उत्पन्न गराउन सक्छ । अहिले पनि जनतामा उत्साह छैन । जनतामा निराशा, आक्रोशको मात्रा बढेर गएको छ । विगतमा राजनीतिक दलबीचमा भएको सहकार्य र एकताबाट जुन परिवर्तन भयो र सहमतिबाट संविधान जारी भयो । तर, संविधान जारी भएपछि राजनीतिक दलबीचमा ध्रुर्वीकरण भयो । अझ पछिल्लो समय संसद् विघटनको कदमले राजनीति ध्रुर्वीकरण बढेर गएको छ । देशभित्र रोजगारीका अवसर नपाउँदा रोजगारीको खोजीमा ५०औं लाख नेपाली विदेशतिर भौतारिरहनुपर्ने जुन स्थिति छ, यसले पनि संकट उत्पन्न गरेको छ । सार्वभौमसत्ता सम्पन्न जनता भनेर संविधानले प्रत्याभूत गरेको छ । तर, जनताको राज्यसत्तामा भएको बेथितिलाई निगरानी र नियन्त्रण गर्ने क्षमता कमजोर बनेको छ ।

नेता नै सबै थोक हो भन्ने सामन्तवादी सोच हाबी रहेको छ । पार्टीमा आन्तरिक लोकतन्त्र सुदृढ हुन सकेको छैन । कार्यकर्ता पार्टीको नीति होइन, अमुक नेताका पछि लाग्ने गुटबन्दीपूर्ण अभ्यासले गर्दा पनि पार्टीहरू पद्धतिसम्मत ढंगबाट सञ्चालन हुन सकिरहेका छैनन् । जसले गर्दा आन्तरिक लोकतन्त्र कमजोर भएको छ । राजनीतिक क्षेत्रमा उत्पन्न समस्या र संकटले आर्थिक सामाजिक क्षेत्रमा समेत संकट उत्पन्न गरेको छ ।

  • 11shares
ShareTweetPin

Related Posts

वर्तमान संकट र यसको निकास
विचार

संसद पुन: स्थापना हुनु भनेको जनताको भाग्य र भविश्य चम्कनु हो

वर्तमान संकट र यसको निकास
विचार

प्रजातन्त्र दिवस र यसको महत्व

वर्तमान संकट र यसको निकास
विचार

गरिखाने शिक्षा आजको आवश्यकता

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन