रामेछाप– नेपाल जेसिजको ‘इन्टरनेशनल कमिटी मेम्बर एरिया सी’ मा गोपाल खड्का मनोनित भएका छन् । रामेछाप जेसिज वर्ष २०२० का अध्यक्ष समेत रहेका खड्कालाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले नेपाल जेसीजको वर्ष २०२१ को ‘इन्टरनेशनल कमिटी मेम्बर एरिया सी’ मा मनोनित गरेका हुन् ।
जेसीज आस्थालाई आफ्नो अनुशासन बनाई वर्ष २०२१ लाई थप उचाई प्रदान गर्न सक्रिय अपेक्षा सहित नेपाल जेसीजको विधान परिच्छेद ८ को धारा ८.४ बमोजिम नेपाल जेसीज वर्ष २०२१ को ‘एड्भाइजर टु बीओडी’ पदमा मनोनयन गरिएको राष्ट्रि अध्यक्ष अरुणेश्वर खनालले मनोनयन गरेको पत्रमा उल्लेख छ ।
आफ्नो प्रतिकृया दिनुहोस्