Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

भागरथी अपराध प्रकरणले उब्जिएको प्रश्न

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ फाल्गुन ४

डा.डी.आर. उपाध्याय

महिला माथि हुने हिंसा अझै रोकिएको छैन । यो २१औं शताव्दीमा पनि महिला हिंसा बढिरहेका छन । चेतनाको अभावले यी र यस्ता घटनाहरु घटिरहेका छन । कुनै पनि महिला कुनै क्षण ढुक्क संग घर बाहिर हिडन सकिरहेका छैनन । महिला सुरक्षाको प्रश्न फेरि गम्भीर रूपमा उठेको छ । बैतडी जिल्लाको दोगडाकेदार –७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको समाचार छ । यस घटनाले समग्र महिला सुरक्षाको विषयमा थप चुनौति थपिएको छ । अव राज्य र सरोकारवाला सबै निकाय गम्भिर बन्नु पर्ने अवस्था देखिएको छ । यो घटनाले फेरि सवैलाई झसङ्ग पारेको छ ।राज्यका विभिन्न निकाय र महिला अधिकारकर्मीहरु यस विषयमा गम्भिर बन्नुपर्ने अवस्था सृजना भएको छ ।राज्यले सत्यतथ्य छानबिन गरि अपराधीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ । र पिडित परिवारलाई न्याय दिलाउनु पर्छ । यस्ता घटनाहरु बारम्बार घट्ने गरेका छन् । देशमा कानुन फितलो हुँदा अपराधीको मनोवल बढिरहेको अवस्था छ । अब संविधान संसोधन गरेर भएपनि बलत्कारी तथा अपराधीलाई हदै सम्मको कारवाही गर्ने कानुन बनाउनु पर्छ । विश्वका केही देशमा बलत्कारी तथा अपराधीलाई कारवाही गर्ने कठोर कानुन भएको हुँदा यस्ता घटनाहरु बारम्बार दोहोरिएका हुँदैनन् । यस्ता घटनाहरु बारम्बार दोहोरिनाले हाम्रा छोरीचेलीले आफ्नै घर र समाजमा असुरक्षित महसुस गरेका छन् ।

महिला हक अधिकारका लागि काम गर्ने महिला अधिकारकर्मी हरु जब यस्ता घटना घट्छन् अनि वक्तव्यबाजी र सडक आन्दोलन गर्छन् । पिडित परिवारले न्याय र दोषीलाई कारबाही नहुञ्जेलसम्म महिला अधिकारकर्मी हरु न्यायको निम्ति लडिरहनु पर्छ । निर्मला हत्या काण्ड समेत अझै पत्ता लागेको अवस्था छैन । यी त प्रतिनिधि पात्र मात्रै हुन। समाजमा लुकेका र लुकाइएका बलत्कारका घटनाहरु प्रशस्त मात्रमा सुनिन्छन् । राज्य संयन्त्र पनि यस्ता घटनाप्रति धेरै जिम्मेवारी बन्नुपर्छ । यस्ता घटना घट्ना साथ राष्ट्रिय मिडिया देखि स्थानिय मिडियाले प्राथमिकता साथ समाचार सम्प्रेषण गर्ने गर्छन् । यही सञ्चार माध्यम मार्फत यस्ता घटनाहरु बेलाबेलामा बाहिर आउने गर्छन् । सञ्चार माध्यम भनेका समाजका ऐना हुन् । सञ्चार माध्यम नहुँदोहो त समाज पुरै अन्धकार जस्तै हुने थियो । आज भोलि त सामाजिक सञ्जाल देखि सबै सञ्चार माध्यममा गलत काम गर्ने र लुकेका कुराहरु छिट्टै बाहिर आउँछन् । अब कसैले पनि गलत काम लुकाउन सक्ने अवस्था छैन ।सर्वत्र मानव सभ्यतालाई कलङ्कित र स्तब्ध पार्ने यस्ता घटनालाई सरकारले गम्भीररूपमा लिनु पर्छ । घटनामा मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलगायत धेरै सङ्घसंस्थाले तत्काल अपराधी पत्ता लगाउन सरोकार निकाय संग जोडदार माग गरेका छन् । भागरथी अपराध प्रकरणको अनुसन्धान फितलो हुनु हुदैन । वर्षाैंपछि पनि कतिपय अपराधी कानुनको कठघरामा आएका छन् । यो घटनाका अपराधी पनि कानुनको कठघरामा आउनु पर्छ ।

Related Posts

रामेछापका तीनलाल
विचार

रामेछापका तीनलाल

आत्महत्या कायरता होइन, मनोरोग हो
विचार

आत्महत्या कायरता होइन, मनोरोग हो

सुख्खा ग्रस्त जिल्ला रामेछापमा हरियाली र आयआर्जनको प्रचुर सम्भावाना बोकेको वनस्पति: श्रीखण्ड
विचार

सुख्खा ग्रस्त जिल्ला रामेछापमा हरियाली र आयआर्जनको प्रचुर सम्भावाना बोकेको वनस्पति: श्रीखण्ड

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper