रामेछाप– रामेछाप जिल्लाको खाँडादेवी गाउपालिका वडा नं ५ पकरबासका महिलाहरुको निःशुल्क भिडियो एक्सरे तथा स्वास्थ्य परीक्षण भएको छ । अस्पताल तथा स्वास्थ्य सेवामा कम पहुँच भएका तथा विभिन्न स्वास्थ्य समस्या भएका महिलाहरुलाई लक्षित गरी संचालन गरिएको एक दिने स्वास्थ्य शिविरमा ५३ जना महिलाको भिडियो एक्सरे भएको छ ।
भिडियो एक्सरे गरिएका महिलाहरुलाई पाठेघरको समस्या, पथ्थरी भएको र अन्य पेट सम्बन्धी समस्या देखिएको स्वास्थ्य परिक्षणमा संलग्न डा. सुमन कर्माचार्यले बताए ।
तामाकोसी अस्पतालको प्राविधिक सहयोग तथा स्थानीय त्रिशक्ति महिला समाजको आयोजना गरिएको शिविरमा खाँडादेवी गाउँपालिकाको वडा नं ४ र ५ का महिलाहरुले सेवा लिएको संस्थाका सचिव शैलजा ढुंगेलले बताईन् । त्रिशक्ति महिला समाजले यस अघि पनि गाउँमा महिला सशक्तिकरणका लागि आयआर्जन तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
महिलाहरुका समस्यामा केन्द्रिय यो संस्थाले आगमी दिनमा पनि स्वास्थ्य शिविर, आयआर्जन तथा महिलाको सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको संस्थाले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्