रामेछाप– स्थानीय साङतेन्जी शेर्पाको कुटईबाट ज्यान गुमाएका मेरमान विकका परिवारलाई गोकुलगंगा गाउँपालिकाले खाद्यन्न सहित आर्थिक सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीका मृतक मेरमानकी श्रीमती पम्फादेवी विकलाई गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले दश हजार नगद, ३ बोरा चामल ५ केजी दाल, ५ केजी नुन, एक थान ओढ्ने सिरक र दुई थान त्रिपाल दिएका हुन् ।
श्रीमानको मृत्यु पछि पम्फादेवी विक र उनका परिवारलाई आर्थिक लगायतका समस्या पर्दै गएपछि थोरै भएपनि सहयोग होस भनेर उनका परिवारलाई सहयोग गरेको गाउँपलिका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताए ।
पौष २५ गते स्थानीय साङतेन्जी शेर्पाको कुटाईबाट गम्भिर घाइते भएका मेरमानको उपचारको क्रममा टिचिङ अस्पतालमा ज्यान गएको थियो । परिवार धान्ने मेरमानको मृत्यु पश्चात उनको परिवारलाई यतिबेला ठूलो समस्या परेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्