Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

आम हड्ताल के को लागी ?

संवादाताः हाम्रो प्रहार
माघ २२, २०७७

डा.डीपि.आर उपाध्याय

नेपाल बन्द,हड्ताल र चक्काजाम सदाको लागि अन्त्य गर्नु पर्छ भनेर प्रतिबद्धता जनाएका दलहरुले नै सरकार देखि बाहिर हुँदा उनैले नै आफुले गरेको प्रतिबद्धतालाई उलङ्घन गर्ने प्रयास गरेका छन् । दलिय स्वार्थका लागि आम हड्ताल गरेर सर्बसाधरणदेखि आम नागरिकलाई सास्ती दिने काम राम्रो होइन । गरि खाने नागरिकलाई यस्ता बन्द, हड्तालले नराम्रो प्रभाव पारेको हुन्छ । एक दिनको बन्द हड्तालले देशको अर्थतन्त्रमा करोडौँ नोक्सान पु–याएको हुन्छ । आम हड्ताल के को लागी ? यो विषयमा राजनीतिक दलहरु किन गम्भिर बन्न सकेनन् ? बन्द हड्तालका कारण बिरामी ,विद्यार्थी ,ज्याला मजदुर लगायत विभिन्न क्षेत्रमा यसको प्रभाव पर्दछ ।बन्दका कारण यातायात सुचारु हुन नसक्दा विगतमा पनि कैयौँ सिकिस्त बिरामी र प्रसुति व्यथाले च्यापेका महिलाले समयमा उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेका प्रशस्त उदाहरण छन् । आज हुने भनिएको आम हड्तालको कारण यस्ता घटना पुन नदोहोरिउन भन्ने हाम्रो चाहना हो ।

लोकतन्त्रमा शान्तिपूर्ण ढंगले सभा सम्मेलन,जुलुस गर्ने अधिकार सबैलाई हुन्छ । तर लोकतन्त्रले दिएको अधिकार भन्दै उशृङ्खल र अराजकता फैलाउने छुट भने कसैलाई छैन । सरकारले आम नागरिकको शान्ति , सुरक्षामा विशेष ध्यान दिन जरुरी छ । अत्यावश्यक कामका लागि हिडेका सवारी साधनमाथि आन्दोलनकारीले दुरव्यवहार र तोडफोड जस्ता अमानवीय काम हुनु भएन । आन्दोलनकारीले विगतमा सवारी साधनमाथि तोडफोड गर्ने , आगो लगाइदिने, ढुंगा मुढा गर्ने , बाटोमा टायर बाल्ने जस्ता उशृङ्खल काम गरेका थिए । आज हुने भनिएको आम हड्ताल बाट यस्ता खालका प्रवृति नदोहोरिउन ।आम नेपाली जनता यी र यस्ता गलत प्रवृति बाट वाक्क दिक्क भै सकेका छन् । नेपाली जनताले सधैजसो हड्ताल ,जुलुस, नेपालबन्द ,चक्काजाम जस्ता अशान्ति निम्ताउने गतिविधि मन पराउँदैनन् । नेपाली जनताले दिगो शान्ति,सुशासन र विकास चाहेका छन् । यी तिन विषयमा नेपाली जनता जुनबेला पनि हातेमालो गर्न तयार छन्।

जब सम्म देशमा दिगो शान्ति ,सुशासन र विकास हुँदैन तबसम्म नेपाली जनताले दुःख पाइरहेका हुन्छन् । यो कुरा बुझ्न सबैले जरुरी छ । संसद विघटन पछि राजनीतिक दलहरू र नागरिक समाज सडक आन्दोलनमा छन् । सडक आन्दोलनले मात्र समस्याको समाधान हुँदैन, समस्या समाधानको लागि संवाद,सहमति र सहकार्य नै उत्तम बाटो हो । विगतमा पनि ठुला ठुला समस्याहरु संवाद,सहमति र सहकार्यबाट नै समाधान भएका प्रशस्त उदाहरण छन् । अब पनि त्यही बाटो अवलम्वन गरेर वर्तमान राजनीतिक समस्याको समाधान खोज्नु जरुरी छ ।

Related Posts

जीवन अमूल्य छ: समस्या पर्दा एक्लै नबसौँ, कुरा गरौँ
विचार

जीवन अमूल्य छ: समस्या पर्दा एक्लै नबसौँ, कुरा गरौँ

संवादाताः हाम्रो प्रहार
भदौ २५, २०८३
0

नोर्बु योञ्जन विश्वभर हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन मनाइने ‘विश्व आत्महत्या रोकथाम दिवस’ सन् २०२६ मा आत्महत्यासम्बन्धी दृष्टिकोणमा परिवर्तन...

पुरा पढ्नुहोस्
तीन वर्षकी बालिकाको चित्कार: बढ्दो हिंसाबीच हामीभित्रको मानवता कहाँ हराउँदैछ ?
विचार

तीन वर्षकी बालिकाको चित्कार: बढ्दो हिंसाबीच हामीभित्रको मानवता कहाँ हराउँदैछ ?

संवादाताः हाम्रो प्रहार
भदौ ५, २०८३
0

दुर्गा भुजेलतीन वर्ष । एउटा बालिकाको जीवनमा यो उमेर संसार बुझ्ने होइन, संसार चिन्न सुरु गर्ने उमेर हो । आमाको...

पुरा पढ्नुहोस्
पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस
विचार

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

संवादाताः हाम्रो प्रहार
साउन २४, २०८३
0

दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper