Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

आम हड्ताल के को लागी ?

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ माघ २२

डा.डीपि.आर उपाध्याय

नेपाल बन्द,हड्ताल र चक्काजाम सदाको लागि अन्त्य गर्नु पर्छ भनेर प्रतिबद्धता जनाएका दलहरुले नै सरकार देखि बाहिर हुँदा उनैले नै आफुले गरेको प्रतिबद्धतालाई उलङ्घन गर्ने प्रयास गरेका छन् । दलिय स्वार्थका लागि आम हड्ताल गरेर सर्बसाधरणदेखि आम नागरिकलाई सास्ती दिने काम राम्रो होइन । गरि खाने नागरिकलाई यस्ता बन्द, हड्तालले नराम्रो प्रभाव पारेको हुन्छ । एक दिनको बन्द हड्तालले देशको अर्थतन्त्रमा करोडौँ नोक्सान पु–याएको हुन्छ । आम हड्ताल के को लागी ? यो विषयमा राजनीतिक दलहरु किन गम्भिर बन्न सकेनन् ? बन्द हड्तालका कारण बिरामी ,विद्यार्थी ,ज्याला मजदुर लगायत विभिन्न क्षेत्रमा यसको प्रभाव पर्दछ ।बन्दका कारण यातायात सुचारु हुन नसक्दा विगतमा पनि कैयौँ सिकिस्त बिरामी र प्रसुति व्यथाले च्यापेका महिलाले समयमा उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेका प्रशस्त उदाहरण छन् । आज हुने भनिएको आम हड्तालको कारण यस्ता घटना पुन नदोहोरिउन भन्ने हाम्रो चाहना हो ।

लोकतन्त्रमा शान्तिपूर्ण ढंगले सभा सम्मेलन,जुलुस गर्ने अधिकार सबैलाई हुन्छ । तर लोकतन्त्रले दिएको अधिकार भन्दै उशृङ्खल र अराजकता फैलाउने छुट भने कसैलाई छैन । सरकारले आम नागरिकको शान्ति , सुरक्षामा विशेष ध्यान दिन जरुरी छ । अत्यावश्यक कामका लागि हिडेका सवारी साधनमाथि आन्दोलनकारीले दुरव्यवहार र तोडफोड जस्ता अमानवीय काम हुनु भएन । आन्दोलनकारीले विगतमा सवारी साधनमाथि तोडफोड गर्ने , आगो लगाइदिने, ढुंगा मुढा गर्ने , बाटोमा टायर बाल्ने जस्ता उशृङ्खल काम गरेका थिए । आज हुने भनिएको आम हड्ताल बाट यस्ता खालका प्रवृति नदोहोरिउन ।आम नेपाली जनता यी र यस्ता गलत प्रवृति बाट वाक्क दिक्क भै सकेका छन् । नेपाली जनताले सधैजसो हड्ताल ,जुलुस, नेपालबन्द ,चक्काजाम जस्ता अशान्ति निम्ताउने गतिविधि मन पराउँदैनन् । नेपाली जनताले दिगो शान्ति,सुशासन र विकास चाहेका छन् । यी तिन विषयमा नेपाली जनता जुनबेला पनि हातेमालो गर्न तयार छन्।

जब सम्म देशमा दिगो शान्ति ,सुशासन र विकास हुँदैन तबसम्म नेपाली जनताले दुःख पाइरहेका हुन्छन् । यो कुरा बुझ्न सबैले जरुरी छ । संसद विघटन पछि राजनीतिक दलहरू र नागरिक समाज सडक आन्दोलनमा छन् । सडक आन्दोलनले मात्र समस्याको समाधान हुँदैन, समस्या समाधानको लागि संवाद,सहमति र सहकार्य नै उत्तम बाटो हो । विगतमा पनि ठुला ठुला समस्याहरु संवाद,सहमति र सहकार्यबाट नै समाधान भएका प्रशस्त उदाहरण छन् । अब पनि त्यही बाटो अवलम्वन गरेर वर्तमान राजनीतिक समस्याको समाधान खोज्नु जरुरी छ ।

Related Posts

आत्महत्या कायरता होइन, मनोरोग हो
विचार

आत्महत्या कायरता होइन, मनोरोग हो

सुख्खा ग्रस्त जिल्ला रामेछापमा हरियाली र आयआर्जनको प्रचुर सम्भावाना बोकेको वनस्पति: श्रीखण्ड
विचार

सुख्खा ग्रस्त जिल्ला रामेछापमा हरियाली र आयआर्जनको प्रचुर सम्भावाना बोकेको वनस्पति: श्रीखण्ड

नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ओैँ स्थापना दिवस र आजको अवस्था
विचार

नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ओैँ स्थापना दिवस र आजको अवस्था

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper