Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

वर्तमान संकट र यसको निकास

संवादाताः हाम्रो प्रहार
माघ २१, २०७७

डा. धर्मराज उपाध्याय

संसद् विघटन पछि देशमा एकाएक सडक आन्दोलनको रमिता भैरहेको छ । संसद् विघटनले देश अस्थिरतातर्फ उन्मुख बनेको छ । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नागरिक समाज लगायतले आन्दोलन गरिरहेका छन् । यो आन्दोलनमा जनताको त्यति सहभागिता देखिदैन । किनभने जनता राजनीतिक दलसँग असन्तुष्टि छन् । सडकमा उठेको आन्दोलन केवल सत्तामा जान र केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा प्रधानमन्त्री हुन मात्रै आन्दोलन सञ्चालन भइरहेको हो भन्ने जनताको गुनासो छ ।

आन्दोलनले नयाँ सरकार बन्न सक्ने अवस्था छैन । वर्तमान संकटको निकास भनेको चुनाव हो । अब मुलुकमा आन्दोलन गरेर द्वन्द निम्ताउने काम कुनै दलले पनि गर्नु हुँदैन । देशमा विकास समृद्धि र सुशासन कायम गर्नु पर्ने आवश्यकता देखिएको छ । अब सरकारले समाजवादको आधार निर्माण गरि प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिन जरुरी छ ।स्थानीय तहदेखि हुने अनियमितता, भ्रष्टाचारको नियन्त्रण गरेर मितव्ययिताका साथ सरकार अगाडि बढ्नु पर्छ । सार्वजनिक खर्चमा भइरहेको वृद्धिदरलाई नियन्त्रण गर्दै सेवा प्रवाह गरी सार्वजनिक खर्च कटौती गर्नु पर्ने आवश्यकता देखिएको छ । प्राविधिक र विज्ञहरूको सेवा स्थानीय तहसम्म प्रवाह हुनेगरी कर्मचारी समायोजन गरिनुपर्छ । सरकारले उच्च तहका पदाधिकारी र जनप्रतिनिधिमूलक निकायमा प्रदान गरिएका सेवा सुविधामा पुनविचार गरी मितव्ययिता कायम गर्ने नीति अगाडि बढाउनु पर्छ । निर्वाचन प्रणालीमा सुधार गरी खर्चिलो, भड्किलो र मतदाता किनबेचलाई नियन्त्रण गर्नुपर्छ । सरकारले जनतामा भएको निराशालाई मेटाउन रोजगारीमूलक विकास आयोजनाका कार्यलाई सञ्चालन गर्न जोड दिनुुपर्दछ ।

दैनिक उपभोग्य वस्तुको अभाव र महँगी हुन नदिन सुपथ मूल्यका पसलहरूका माध्यमबाट दुर्गम ठाउँका जनतालाई भोकमरी र अभाव हुन नदिने गरि स्थानिय तहका सरकारले व्यवस्था गर्नुुपर्दछ । कृषि सामग्री, बीउबिजन, कृषि औजार, दुग्धजन्य, खाध्यान्न, औषधिजन्यलगायतका सामग्री स्थानीय तहसम्म विस्तार गरेर सेवा प्रवाहलाई सर्वसुलभ बनाउनुपर्दछ ।कोरोनाका कारण रोजगारी गुमाएका, रोजगारीको अवसर नपाएका, रोजगारीका लागि विदेश जान बाध्य भएका सबै बेरोजगार एवं गरिब परिवारका लागि स्वरोजगार बन्न स्थानीय तहबाट नै रोजगारीको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले किसानहरूलाई कृषि र पशुपालनमा प्राविधिक सहयोग गर्नु पर्ने आवश्यकता देखिएको छ । स्थानिय तहका वडास्तरमै कृषि र भेटेनरी प्राविधिकहरूको सेवा पुराउनु पर्ने जरुरी छ ।हरेक वडास्तरमा स्वास्थ्य उपचार सेवाका लागि डाक्टर, नर्स, स्वास्थ्य प्राविधिक, मातृशिशु सेवा, ल्याब र औषधि वितरणकोे व्यवस्था भयो भने दुरदराजका जनतालाई ठूलो राहत मिल्ने थियो । अर्को तर्फ सरकारी तथा सामुदायिक क्याम्पसहरूको स्तरोन्नतिमा जोड दिनुपर्दछ । अब मुलुकको आर्थिक विकासलाई अगाडि बढाउनु पर्ने जरुरी छ । देशको प्राकृतिक स्रोत, साधन, जलसम्पदा, वनजंगल, खानी, खनिज आदि क्षेत्रको परिचालन गरी देश विकासमा विशेष जोड दिनुपर्दछ ।

Related Posts

सुनापति गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनलका खेल हुने
खेलकुद

सुनापति गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनलका खेल हुने

संवादाताः हाम्रो प्रहार
कार्तिक १०, २०८२
0

रामेछाप– आइतबारदेखि सुरु भएको सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका सबै खेलहरू सम्पन्न भएका छन्...

पुरा पढ्नुहोस्
आफैँप्रति निर्मम बनौँ !
विचार

आफैँप्रति निर्मम बनौँ !

संवादाताः हाम्रो प्रहार
कार्तिक ४, २०८२
0

हामीले सानै उमेरदेखि परिवर्तनको बाटो खोज्यौँ । त्यस्ता साहित्य खोजी खोजी पढ्यौँ । जुन साहित्यले क्रान्तिको मार्ग फराकिलो बनाउँछ ।...

पुरा पढ्नुहोस्
उद्यमशिलता : ज्युँदै मर्‍याको भनि नाम कस्को, उद्यम बिना वित्दछ काल जस्को
विचार

उद्यमशिलता : ज्युँदै मर्‍याको भनि नाम कस्को, उद्यम बिना वित्दछ काल जस्को

संवादाताः हाम्रो प्रहार
जेष्ठ १७, २०८२
0

१.परिचयप्राकृतिक रुपमा प्राप्त अवयब हरुलाई स्वरुप परिवर्तन गरि प्राणी जगतलाई उपयोगी सामाग्री तथा सेवाको नयाँ सिर्जना गर्नु नै उद्यम गर्नु...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper