Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

वर्तमान संकट र यसको निकास

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ माघ २१
  • 15shares

डा. धर्मराज उपाध्याय

संसद् विघटन पछि देशमा एकाएक सडक आन्दोलनको रमिता भैरहेको छ । संसद् विघटनले देश अस्थिरतातर्फ उन्मुख बनेको छ । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नागरिक समाज लगायतले आन्दोलन गरिरहेका छन् । यो आन्दोलनमा जनताको त्यति सहभागिता देखिदैन । किनभने जनता राजनीतिक दलसँग असन्तुष्टि छन् । सडकमा उठेको आन्दोलन केवल सत्तामा जान र केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा प्रधानमन्त्री हुन मात्रै आन्दोलन सञ्चालन भइरहेको हो भन्ने जनताको गुनासो छ ।

आन्दोलनले नयाँ सरकार बन्न सक्ने अवस्था छैन । वर्तमान संकटको निकास भनेको चुनाव हो । अब मुलुकमा आन्दोलन गरेर द्वन्द निम्ताउने काम कुनै दलले पनि गर्नु हुँदैन । देशमा विकास समृद्धि र सुशासन कायम गर्नु पर्ने आवश्यकता देखिएको छ । अब सरकारले समाजवादको आधार निर्माण गरि प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिन जरुरी छ ।स्थानीय तहदेखि हुने अनियमितता, भ्रष्टाचारको नियन्त्रण गरेर मितव्ययिताका साथ सरकार अगाडि बढ्नु पर्छ । सार्वजनिक खर्चमा भइरहेको वृद्धिदरलाई नियन्त्रण गर्दै सेवा प्रवाह गरी सार्वजनिक खर्च कटौती गर्नु पर्ने आवश्यकता देखिएको छ । प्राविधिक र विज्ञहरूको सेवा स्थानीय तहसम्म प्रवाह हुनेगरी कर्मचारी समायोजन गरिनुपर्छ । सरकारले उच्च तहका पदाधिकारी र जनप्रतिनिधिमूलक निकायमा प्रदान गरिएका सेवा सुविधामा पुनविचार गरी मितव्ययिता कायम गर्ने नीति अगाडि बढाउनु पर्छ । निर्वाचन प्रणालीमा सुधार गरी खर्चिलो, भड्किलो र मतदाता किनबेचलाई नियन्त्रण गर्नुपर्छ । सरकारले जनतामा भएको निराशालाई मेटाउन रोजगारीमूलक विकास आयोजनाका कार्यलाई सञ्चालन गर्न जोड दिनुुपर्दछ ।

दैनिक उपभोग्य वस्तुको अभाव र महँगी हुन नदिन सुपथ मूल्यका पसलहरूका माध्यमबाट दुर्गम ठाउँका जनतालाई भोकमरी र अभाव हुन नदिने गरि स्थानिय तहका सरकारले व्यवस्था गर्नुुपर्दछ । कृषि सामग्री, बीउबिजन, कृषि औजार, दुग्धजन्य, खाध्यान्न, औषधिजन्यलगायतका सामग्री स्थानीय तहसम्म विस्तार गरेर सेवा प्रवाहलाई सर्वसुलभ बनाउनुपर्दछ ।कोरोनाका कारण रोजगारी गुमाएका, रोजगारीको अवसर नपाएका, रोजगारीका लागि विदेश जान बाध्य भएका सबै बेरोजगार एवं गरिब परिवारका लागि स्वरोजगार बन्न स्थानीय तहबाट नै रोजगारीको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले किसानहरूलाई कृषि र पशुपालनमा प्राविधिक सहयोग गर्नु पर्ने आवश्यकता देखिएको छ । स्थानिय तहका वडास्तरमै कृषि र भेटेनरी प्राविधिकहरूको सेवा पुराउनु पर्ने जरुरी छ ।हरेक वडास्तरमा स्वास्थ्य उपचार सेवाका लागि डाक्टर, नर्स, स्वास्थ्य प्राविधिक, मातृशिशु सेवा, ल्याब र औषधि वितरणकोे व्यवस्था भयो भने दुरदराजका जनतालाई ठूलो राहत मिल्ने थियो । अर्को तर्फ सरकारी तथा सामुदायिक क्याम्पसहरूको स्तरोन्नतिमा जोड दिनुपर्दछ । अब मुलुकको आर्थिक विकासलाई अगाडि बढाउनु पर्ने जरुरी छ । देशको प्राकृतिक स्रोत, साधन, जलसम्पदा, वनजंगल, खानी, खनिज आदि क्षेत्रको परिचालन गरी देश विकासमा विशेष जोड दिनुपर्दछ ।

  • 15shares
ShareTweetPin

Related Posts

वर्तमान संकट र यसको निकास
विचार

संसद पुन: स्थापना हुनु भनेको जनताको भाग्य र भविश्य चम्कनु हो

राजनीति दम्भले उत्पन्न राजनीतिक संकट
विचार

राजनीति दम्भले उत्पन्न राजनीतिक संकट

वर्तमान संकट र यसको निकास
विचार

प्रजातन्त्र दिवस र यसको महत्व

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन