Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

साँघुटारको थाक्लेमा खुल्यो शहरी स्वास्थ्य केन्द्र, घर नजिकै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीय खुसी

संवादाताः रामचन्द्र वि.क.
पुस १६, २०७७

साँघुटार– रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको थाक्लेमा शहरी स्वास्थ्य केन्द्र खुलेको छ । बुधबार रामेछाप नगरपालिकाका नगर उपप्रमुख सृजना खड्काले थाक्लेडाडा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको घोषणा गरेकी हुन् ।

साँघुटरको माथिल्लो भाग र देउरालीको केही भागका स्थानीयले सहज रुपमा स्वास्थ्य उपचार पाउन भन्ने उदेद्दश्यले शहरी स्वास्थ्य केन्द्र स्थापना गरेका हौँ, उपप्रमुख खड्काले भनिन्, ‘आजबाटै नागरिकले स्वास्थ्य सेवा लिन थालेका छन् । यो हाम्रा लागि धेरै खुसीको कुरा हो ।’

आफूहरु निर्वाचित भएर आए देखि नै नागरिकको स्वास्थ्य प्रति संवेदनशिल बनेको नगरपालिकाले प्राय सबै वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिसकेको बताउँदै उपप्रमुख खड्काले भनिन्– ‘हामी तपाईको स्वास्थ्य प्रति निकै संवेदनशिल छौँ । तपाईको स्वास्थ्य र समयको बचतको लागि पायक पर्ने ठाउँमा आज शहरी स्वास्थ्य केन्द्र खोलेका छौँ । आशा छ तपाईहरुले नियमित रुपमा स्वास्थ्य सेवा लिनुहुनेछ ।’

नगरको अन्य वडाको दाँजोमा साँघुटारका नागरिकमा स्वास्थ्यको पहुँच निकै राम्रो भएकाले शहरी स्वास्थ्य केन्द्र स्थापनाले थप सहयोग पु¥याउने उपप्रमुख खड्काको भनाई रहेको छ । वडाका सबै नागरिकलाई विकासको मुल प्रवाहमा ल्याउनको लागि नगरपालिकाले विभिन्नय योजना बनाएर अगाडि बढीरहेको र थप समस्या भए नगरमा ल्याउन समेत उपप्रमुख खड्काले आग्रह गरिन ।

त्यस्तै कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले शहरी स्वास्थ्य केन्द्र खुलेपछि वडाका अशक्त, जेष्ठ नागरिक, गर्भवती महिला र सामान्य विरामी भएका नागरिकहरु बढी लाभन्वित हुने बताए । नेपालको संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने मौलकि हकका रुपमा उल्लेख भएपनि व्यवहारिक रुपमा नागरिकहरुले सहज रुपमा स्वास्थ्य सेवा नपाएकाले शहरी स्वास्थ्य केन्द्र मार्फत नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य केन्द्र खोलिएको प्रमुख प्रशासकीय अधिकृत लामगादेको भनाई रहेको छ ।

स्थानीयबासीको समस्यालाई चाँडो भन्दा चाँडो समधान गर्नको लागि अहिले व्यक्तिको घर भाडामा लिएर थाक्लेमा शहरी स्वास्थ्य केन्द्र राखिएको भएपनि चाँडै साँघुटारको माथिल्लो भाग र देउरालीका केही भागका नागरिकहरुलाई पायक पर्ने ठाउँमा घर बनाएर सेवा प्रवाह हुने गरी काम गरिने वडा नं ३ का वडाध्यक्ष भुपलराज श्रेष्ठले बताए । 

आफ्नै गाउँमा शहरी स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । स्वास्थ्यमा केही समस्या हुँदा घण्टौ लगाएर साँघुटार बजार पुग्नु पर्ने बाध्यता आफ्नै घरछेउमा शहरी स्वास्थ्य केन्द्र बनेपछि सँधैका लागि हटेको उनिहरुको भनाई रहेको छ ।

वडाध्यक्ष भुपालराज श्रेष्ठको अध्यक्षता एव नगर उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका सदस्य पुर्ण बहादुर महत, रामेछाप नगरपालिकाका स्वास्थ्य प्रमुख विष्णु कार्की, साँघुटार स्वास्थ्य चौकीका प्रमुख लगायतले आ–आफ्नो धाराण राखेका थिए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper