Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

वडाध्यक्षको तलब–भत्ताबाट इन्टरनेट, २४ सै घण्टा फ्री वाइफाई

संवादाताः रामचन्द्र वि.क.
कार्तिक ११, २०७७

रामेछाप– रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको चारघरे बजार र रामपुर बजारमा सोमबार देखि फ्री वाइफई (इन्टरनेट सेवा) संचालनमा आएको छ । वडा कार्यालयले नागरिकहरुलाई सूचना प्रविधिमा सहज तरिकाले जोड्ने उद्देश्य सहित रामपुरमा रहेका दुई बजारमा निःशुल्क र अन्य केही स्थानमा सशुल्क सहित वाइफई (इन्टरनेट) सेवा संचालनमा ल्याएको हो ।

अहिलेको बदलिदो युगमा सबै नागरिकलाई सूचनामैत्री बनाउने गरी वडामा रहेका विद्यालय र वित्तिय संस्थाको लागि वडा कार्यालयको सहयोगमा इन्टरनेटको व्यबस्था गरिएको वडाध्य भिम बहादुर तामाङले बताउनुभयो । उहाँहले भन्नुभयो– ‘विश्वलाई एकै ठाउँबाट हेर्ने माध्यम नै इन्टरनेट हो, अहिले विद्यार्थीहरुले पढ्ने देखि कार्यालयमा काम गर्दा समेत नभई नहुने इन्टरनेट नहुँदा धेरै कामहरु गर्न नसकिने रैछ । त्यही आवश्यकतालाई महसुस गरेर वडाको खर्चमा इन्टरनेट सेवा उपलब्ध गराएका छौँ । कोरोना महामारीले गर्दा घरमै बसेर इन्टरनेटको माध्यमबाट पढ्ने विद्यार्थीलाई बढी फाइदा पुग्ने अपेक्षा लिएका छौँ ।’

फ्री वाइफई जोन अर्थात चारघरे बजार र रामपुर बजारमा जडान गरिने इन्टरनेटको मासिक शुल्क आफूलाई वडा कार्यलयबाट आउने सेवाशुल्कबाट तिरिदिने वडाध्यक्ष तामाङले बताउनुभयो ।

वडाध्यक्ष तामाङका अनुसार चारघरे बजार, रामपुर बजार, जनता मावि चारघरे, भिमेश्वर मावि रामपुर र रामपुर बचत सहकारी संस्थामा इन्टरनेट जडन गरिसकिएको छ । बाँकी रहेका विद्यालयहरु आवश्यक क्षेत्रमा चाँडै इन्टरनेट विस्तार गरिने पनि वडाध्यक्ष तामाङले बताउनुभयो ।

रामपुरको टावरडाडामा टवार राखेर संचालनमा ल्याइएको अल्ट्रानेट कम्युनिकेशन प्रा.लिको इन्टरनको शुल्क तिरेर जोकोहीले पनि जडान गर्न सकिने छ ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper