रामेछाप- नेपाल दलित विद्यार्थी संघका केन्द्रिय सदस्य सविन विश्वकर्माले बेताली स्वास्थ्य चौकीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री, औषधी एवं उपकरण उपलब्ध गराएका छन् । केन्द्रिय सदस्य विश्वकर्माले आइतबार स्वास्थ्या चौकीलाई २ सय ३० थान सर्जिकल माक्स, १५ सेट पन्जा, एक थान थर्मल गन, सिटामोल र भिटामिन सी ट्याब्लेट उपलब्ध गराएका हुन् ।
नेपाल तरुण दल क्षेत्र नम्बर १ का क्षेत्रिय उपाध्यक्ष उमेश बस्नेतको संयोजकत्वमा कोरोना भाइरसबाट बच्नको लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराईएको सदस्य विश्वकर्माले जानकारी दिए । आफूले उपलब्ध गराईएका सामग्रीले रातदिन नागरिकको स्वास्थ्य सेवमा खट्ने स्वास्थ्यकर्मीलाई थोरै भएपनि सहयोग पुगेको उनले बताए ।
स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरणसँगै वडा नं ४ का १३ घरपरिवारलाई हात धुने सावुन पनि वितरण गरिएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा आमन्त्रति जिल्ला कार्यसमिति सदस्य रविन्द्र बस्नेत, नेपाली काँग्रेस गोकुलगंगा गाउँपालिकाका सभापति जगत बहादुर कार्की, गोकुलगंगा– ४ का वडाध्यक्ष देवराज कार्की, वडा सदस्य सिताराम कार्की लगायतको उपस्थितिमा सामग्री वितरण गरिएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्