Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

एम्बुलेन्समै सकुशल बच्चा जन्मिएपछि पढाई खर्च बेहोर्ने कान्छारामको घोषणा

संवादाताः श्रीधर घिमिरे
जेष्ठ ३२, २०७७

रामेछाप– नेपाली काँग्रेसका नेता एवं समाजसेवी पूर्ण बहादुर तामाङ कान्छारामले एम्बुलेन्समै जन्मिएकी बच्चालाई पढाउन लाग्ने खर्च र स्वास्थ्य उपचारको लागि लाग्ने खर्च आफूले बेहोर्ने घोषणा गरेका छन् । कोरोना भाइरस नियन्त्रणको लागि लगाईएको लकडाउनको समयमा रामेछापका विरामीलाई काठमाण्डौ सम्म निःशुल्क लैजाने व्यवस्था मिलएका समाजसेवी तामाङले त्यहि एम्बुलेन्समा बच्चा जन्मिएपछि पढ्ने खर्च, स्वास्थ्य उपचार खर्च र विवाह खर्च समेत आफूले बेहोर्ने घोषणा गरेका हुन् ।

जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ७ लखनपुरकी सिता श्रेष्ठलाई शनिबार राती सुत्केरी हुने बेथा लागेर कान्छारामले दोरम्बाका लागि निःशुल्क उपलब्ध गराएको एम्बुलेन्स मार्फत काठमाण्डौ लैजाने क्रममा बाटोमै सकुशल बच्चा जन्मिएका थिए ।

समाजसेवी तामाङले भने, ‘जीवन रक्षाको लागि म आफैले दिएको एम्बुलेन्समा बच्चा जन्मिइन, सकुशल बच्चा जन्मिनु बाबु–आमाको मात्रै खुसी हैन मेरोपनि खुसी हो, त्यसैले पढ्न लाग्ने खर्च र स्वास्थ्य उपचारमा लाग्ने खर्च म आफै बेहोर्छु । राम्रोसँग पठनपाठन सकेपछि उनको विवाहमा समेत सहयोग गर्छु ।’

नेपाली काँग्रेस रामेछापबाट प्रतिनिधिसभाका लागि उम्मेद्वार समेत बनेका तामाङले चुनावताका गाउँमा जाँदा आम नागरिक माझ दिएका आश्वासन आफ्नै व्यक्तिगत खर्चमा पूरा गर्दै आएका छन् । उनले यसअघि पनि एम्बुलेन्समै लैजादै गर्दा बाटोमै जन्मिएका दुई बच्चालाई पनि पढ्ने खर्च, स्वास्थ्य उपचार खर्च र विवाह खर्च समेत उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेका छन् ।

रातको समयमा श्रमतीलाई सुत्केरी हुने बेथा लागेपछि काठमाण्डौ लैजाँदा लकडाउनको समयमा निःशुल्क एम्बुलेन्स उपब्ध गराएर कान्छारामले लगाएको गुण आफूले कहिल्यै पनि बिर्सन नसकिने बच्चाका बुबा नारायण श्रेष्ठले खुसी व्यक्त गरे ।

श्रीमतीलाई राती बच्चा जन्माउने बेथा लाग्यो । ‘राती गाउँमा स्वास्थ्य कर्मी पनि रहेनछन् । अर्को एम्बुलेन्स पनि थिएन । राती एम्बुलेन्सको चालकलाई फोन गरेर बोलाए । अनि उहाँ आउनुभयो,’ उनले भने, ‘रातको १० बजे घरबाट हिडेर जाँदाजाँदै बाटोमा रातको १२ बजेर १६ मिनेट गएपछि सकुशल बच्चा जन्मियो बल्ल ढुक्क भयो ।’ उनले थपे ‘विपद्को समयमा कान्छारामले लगाएको गुण कहिल्यैपनि बिर्सन सँकिदैन ।, त्यति मात्रै हैन आफ्नो छोरीलाई पढ्न, स्वास्थ्य उपचार गर्न र विवाहको लागि पनि सहयोग गर्ने खबर पाउँदा झन खुसी छु ।’

यस अघि पनि सुत्केरी बेथा लागेका धेरै महिलालाई अस्पताल पु¥याएका एम्बुलेन्स चालक सागर लामाले पनि आफ्नो एम्बुलेन्समा पहिलो पटक सकुशल बच्चा जन्मिएकोमा खुसी व्यक्त गरे ।

Related Posts

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी
समाचार

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी

संवादाताः हाम्रो प्रहार
अशोज २५, २०८३
0

रामेछाप-  सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्...

पुरा पढ्नुहोस्
चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper