Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

६० हजार मानिसलाई खान खुवाउने बुढाथोकीः जसलाई कोरोनाको भन्दा भोकले छटपटाएकाको डर लाग्थ्यो

संवादाताः श्रीधर घिमिरे
जेष्ठ १८, २०७७

रामेछाप- विश्वका विभिन्न देशमा कोरोनाको महामारी चलीरहेको बेला नेपालमा पनि त्यसको ठूलो असर पर्ने हल्लाहरु चलीरहेका थिए । जब नेपालमा कोरोना भाइरसका दुई जना संक्रमित व्यक्तिहरु भेटिए अनि चैत्र महिनाको ११ गतेबाट कोरोना नियन्त्रणको लागि सरकारले लकडाउन लगायो । लकडाउन भन्ने बित्तिक्कै जुन ठाउँमा मानिस रहेको छ त्यो ठाउँबाट अर्को ठाउँमा नगई जहाँको तही बस्ने हो । चैत्र ११ गते देखि अहिले पनि निरन्तर रुपमा चलीरहेको लकडाउनले कोरोना भाइरस नियन्त्रणमा केही भूमिका खेलेकै छ । तर लकडाउनको कारण जसले दिउँसो काम गरेर विहान बेलुकाको छाक टार्नु पथ्र्यो ति नागरिकहरुका लागि भने लकडाउन काल बन्ने स्थिति सिर्जना भयो । नेपालको संघीय राजधानी काठमाण्डौमा रहेका यस्ता लाखौं मानिसहरु लकडाउनको ठूलो मारमा परिरहे ।

सरकारले समेत यि नागरिकको पीडा बुझ्न नसकेको बेला एक यस्ता पात्र भेटिए जसले कोरोनाको त्रासलाई समेत बिर्सेर दैनिक ती पीडितलाई खान खुवाउने बाचा गरेर पचास हजार बढी मानिसलाई भोकबाट छुटकारा दिलाए । लकडाउन भएको समयमा केही संचार माध्यममा खाना नपाएर आत्महत्या गर्ने स्थितिमा पुगेका केही मजदुरहरुको पीडाले रामेछाप खाँडोदेवी– ५ पकरबास घर स्थायी घर भइ हाल काठमाडौंको टोखा नगरपालिका वडा नं ५ बस्दै आएका होम बुढाथोकीलाई कोरोनाको कुनै डर लागेन बरु उनिहरुको भोको पेटको चित्कारले सधैँ झस्काईरहयो ।

लकडाउनको बेला खान नपाएर एक परिवारले आत्महत्या गरेको समाचारलाई सम्झँदै बुढाथोकीले भने– ‘म जस्तो सामाजिक प्राणी कोरोनाबाट बच्नको लागि घरभित्र लुकेर बस्दा म एउटा त बाँचुला, तर हजारौ व्यक्तिहरु खाना खान नपाएर मर्नु परेको समाचार फेरि पनि सुन्न नपरोस भनेर आफ्नो प्राणसँग ती भोका व्यक्तिको प्राणलाई तुलना गरेर उनिहरुलाई निशुःल्क खान खुवाउने निधो गरें ।, नारायणगोपल चोकको आसपास र पुरै रिङ्गरोड भरी घुमेर अपाङ्ग, मानसिक सन्तुलन गुमाएका व्यक्ति, अशक्त, बिपन्न बर्गका श्रमिक, जेष्ठ नागरिक, बिरामी लगायतलाई आफू र आफ्नो पुरै परिवार खटेर आफ्नै खर्चमा खान खुवाउँन पाउँदा संसारमा यो भन्दा ठूलो धर्म अरु केही हुँदैन जस्तो लाग्यो ।’

उनले थपे– ‘लकडाउन भएको करिव एक महिना पछि बैशाख ९ गतेबाट खान एवं भोजन खुवाउन शुरू गरेको हुँ । २५ दिनको अवधीमा आइपुग्दा विभिन्न कारणले खाना खान नपाएका साँढे ३७ हजार मानिसलाई खान खुवाएछु । त्यसबाहेक विभिन्न आश्रम, टेकु, वीर अस्पतालदेखि अन्य विभिन्न संस्थाका कर्मचारी, सुरक्षाकर्मीलाईसमेत खान खुवाउन पाएँ । यसरी सबै हिसाब गर्ने हो भने ६० हजार भन्दा बढिलाई २५ दिन सम्म सेवा गर्ने मौका पाएँ ।, अहिले सरकारकै अनुरोधमा हामीले त्यो कामलाई रोकेका छौँ । तर उहाँहरुलाई भोकबाट मर्न नदिनको लागि कसरी सहयोग गर्न सकिन्छ, त्यसको विषयमा पनि तयारी गरीरहेको छु ।’

भर्खरै संचालनमा आएको अरिकल इभेन्ट्स प्रालिका संचालक समेत रहेका बुढाथोकीले पाँचतारे होटलकै कुकले पकाएको खानेकुरा प्याकिङ गरेर श्रमिक र अलपत्र बटुवाहरुलाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुवाउँथे ।

बुढाथोकीको एकल प्रयासबाट सुरु गरिएको खाना खुवाउने अभियानबाट सर्वसाधारण नागरिकलाई मात्र होइन वडालाई समेत राहत मिल्यो । किनकी वडाले मात्रै यति चाँडै यतिका धेरै मानिसलाई दैनिक खान खुवाउन सक्दैन थियो ।

बुढाथोकी अहिले आफूले ६० हजार बढी समस्यामा परेका मानिसलाई खाना खुवाउनुमा भन्दा पनि आफूले चलाएको अभियालाई विभिन्न व्यक्ति र संघसंस्थाले पनि निरन्तरता दिइएर दशौ लाख मानिसको भोको पेट भर्ने काममा लागेकोमा निकै खुसी छन् ।

उनी भन्छन– ‘यो मानविय संकटको बेला अरबौंपतीहरुले मानविय सहयोगमा केही सहयोगी हात बगाडि बढाउन सके यसरी भोककै कारण मानिसहरुले आत्महत्या गर्नु पर्ने थिएन । त्यसैले यो संकटमा हुनेखानेले हुँदा खानेहरुलाई केही सहयोग गरौं, मानवियतालाई बचाई राखौँ ।’

अहिले निर्माण सामाग्रीको व्यवसाय गर्दै आएका बुढाथोकी तत्कालीन नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्यसमेत हुन् । विगत देखिनै राजनीतिक क्षेत्रमा क्रियाशिल रहेका बुढाथोकीले यो कोरोनाको करहमा रहेका बेला मात्रै नभएर रामेछापको विकासमा समेत ठूलो भूमिका खेलिरहेका छन् ।

Related Posts

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper