कुमार श्रेष्ठ, मन्थली- ७० औं प्रजातन्त्र दिवसको अवसर पारेर गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले बुधबार साँझ दिप प्रज्वलन गरेको छ । वीपीको सालिकमा पुगेर गिरिजा प्रसाद कोइराला फण्डेशन रामेछापका अध्यक्ष दीपक खड्का, पाण्डेशनका पदाधिकारी र नेपाली काग्रेसका नेता तथा कार्यकर्ताको सहभागितामा दिप प्रज्वलन गरिएको हो ।
पिद प्रज्वल पछि बोल्दै फाण्डेशनका अध्यक्ष दीपक खड्काले स्वर्गीय गिरिजा प्रसाद कोईरालाले प्रजान्त्रलाई संस्थागत गराउन खेल्नुभएको महत्वपूर्ण योगदानका कारण अहिलेका आम नागरिक स्वतन्त्र रुपमा हिड्डुल गर्न र बोल्न पाएको कुरा स्मरण गराउँदै प्रजातन्त्रलाई जोगाउन सबै एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
प्रजातान्त्रिक आन्दोलनका शिखर योद्धाका रुपमा रहनुभएका कोइरालाले विभिन्न कालखण्डमा गरेका योगदानलाई व्यवहारमा सदैव लागू गर्न सके देशमा आमूल परिवर्तन हुने भन्दै उहाँले देखाएको बाटो हिडुनु पर्नेमा अध्यक्ष खड्काको भनाई रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्