Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने समय मंगलबार साँझसम्म रामेछापका ९ नेताले विभिन्न समूहतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दर्ता गराउनेमा खसआर्यतर्फ (१० जना) रामचन्द्र खड्का, खुला महिलातर्फ (१५ जना) विनिता खड्का, आदिवासी जनजातीतर्फ (१२ जना) गेल्जे शेर्पा, अपांगतातर्फ (१ जना) कुशश्री न्यौपाने, दलिततर्फ (८ जना) मुक्तबहादुर महते, खुलातर्फ (४५ जना) सुरेश सुवेदी, अल्पसंख्यकतर्फ (१ जना) कुमारी हायु, आदिवासी जनजाति महिलातर्फ (८ जना) ज्योती सुनुवार र पेशागततर्फ (५ जना) प्रकाश कटुवाल रहेका छन् ।

खसआर्यतर्फ उम्मेदवारी दिएका रामचन्द्र खड्का नेपाली कांग्रेस रामेछापका पूर्व जिल्ला सभापति हुन् । उनी पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा रामेछापबाट नेपाली कांग्रेसका उम्मेदवारसमेत बनेका थिए । पार्टी संगठनमा लामो समयदेखि सक्रिय खड्काको उम्मेदवारीलाई जिल्लाबाट केन्द्रीय तहमा प्रतिनिधित्वका लागि महत्वपूर्ण रूपमा हेरिएको छ ।

खुला महिलातर्फ उम्मेदवारी दिएकी विनिता खड्का विशेष महाधिवेशनपछि नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेकी युवा नेतृ हुन । रामेछापबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित खड्का जिल्लाबाट निर्वाचित ३३ जना महाधिवेशन प्रतिनिधिमध्ये सबैभन्दा बढी मत ल्याउनेमा तेस्रो स्थानमा रहेकी छिन् ।

आदिवासी जनजातीतर्फ उम्मेदवारी दिएका गेल्जे शेर्पा नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय अध्यक्षसमेत भइसकेका नेता हुन् । लामो समयदेखि आदिवासी जनजाति समुदायको अधिकार र संगठनका क्षेत्रमा सक्रिय शेर्पाले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

अपांगता कोटाबाट उम्मेदवारी दिएका कुशश्री न्यौपाने नेपाली कांग्रेसका पुराना नेता हुन् । रामेछाप ठेगाना भएका न्यौपाने काठमाडौं क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

दलिततर्फ उम्मेदवारी दिएका मुक्तबहादुर महते यसअघि दलित कोटाबाट महाधिवेशन प्रतिनिधिसमेत भइसकेका नेता हुन् । उनले दलित संघको कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका सुरेश सुवेदी नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिका सदस्य भइसकेका युवा नेता हुन् । पार्टी संगठनमा सक्रिय रहँदै आएका सुवेदीले खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य बन्ने प्रयासमा छन् ।

अल्पसंख्यकतर्फ उम्मेदवारी दिएकी कुमारी हायु नेपाली कांग्रेसको महासमिति सदस्य भइसकेकी युवा नेतृ हुन् । उनले अल्पसंख्यक कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छिन् ।

आदिवासी जनजाति महिलातर्फ उम्मेदवारी दिएकी ज्योती सुनुवार पनि रामेछापबाट निर्वाचित ३३ जना महाधिवेशन प्रतिनिधिमध्ये उच्च मत प्राप्त गर्ने नेतामध्ये पर्छिन् । उनी जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी मत ल्याउनेमा चौथो स्थानमा रहेकी छिन् ।

त्यस्तै, पेशागततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका प्रकाश कटुवाल कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका नेता हुन् । उनले पेशागत समूहबाट कांग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यससँगै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा रामेछापबाट प्रतिनिधित्वका लागि ९ जना नेताले फरक–फरक समूहबाट प्रतिस्पर्धा गर्ने भएका छन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका रामेछापका नेताहरुले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताउँदै देशैभरीबाट महाधिवेशनमा भाग लिन काठमाण्डौ पुगेका महाधिवेशन प्रतिनिधिहरुलाई मत दिन अनुरोध गरेका छन् ।  

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper