Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाको धोबी डाँडामा ध्यानलय अर्थात् गुम्बा बन्ने भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धोबी डाँडामा गाउँपालिकाको आफ्नै स्रोतमा सुविधासम्पन्न गुम्बा बन्ने भएको हो । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको लिखुतामाकोशी गाउँपालिकाको अन्य कुनै पनि ठाउँमा बौद्ध धर्मसँग सम्बन्धित पाठपूजा, धार्मिक संस्कार लगायतका कार्यक्रमहरू गर्न समेत आवश्यकता अनुसारको गुम्बा नभएको बेला गाउँपालिकाको आफ्नै स्रोतमा गुम्बा बन्न लागेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । “आफ्नै गाउँमा पूजापाठदेखि प्रवचन समेत गर्न मिल्ने गरी सुविधा सम्पन्न गुम्बा बन्ने भयो यो हाम्रो लागि अत्यन्तै राम्रो काम हो, स्थानीय ज्ञानबहादुर तामाङले भने ।”

दुई करोड ५५ लाख ७३ हजार ६ सय ७० रुपैयाँको लागतमा बन्न लागेको गुम्बा भवनको बिहीबार लामा गुरुले भूमिपूजा गरेर गाउँपालिकाका अध्यक्षले शिलान्यास गरेपश्चात् गुम्बा भवन निर्माण कार्य सुरु भएको हो । बौद्ध धर्मावलम्बीहरूको समस्यालाई ध्यानमा राखेर स्थानीय सरकारले पर्यटकीय ठाउँमा गुम्बा बनाउने काम धेरै राम्रो भएको लामा गुरुले बताएका छन् ।

बौद्ध धर्म मान्ने स्थानीयहरू धेरै रहेको गाउँपालिका भित्र एउटा राम्रो पूजापाठ गर्ने र प्रवचन गर्ने गुम्बा नहुँदा स्थानीयले भोग्नु परेको समस्यालाई समेत ध्यानमा राखेर स्थानीय सरकारले पूरा गरेको नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका सभापति सुन्दर खड्काले बताए ।

बहुजाति, बहुभाषी रहेको नेपालको सम्पत्ति भनेकै धर्म, संस्कृति र रीतिरिवाज भएकाले आफ्नो गाउँघरमा भएका धर्म, संस्कृति र रीतिरिवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्ने स्थानीय सरकारको जिम्मेवारी समेत रहेको र स्थानीयको माग समेत रहेकाले गुम्बा निर्माण गर्न लागिएको लिखुतामाकोशी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रोमबहादुर तामाङको भनाइ रहेको छ ।

धार्मिक पर्यटकीय हिसाबले लिखुतामाकोशी गाउँपालिका प्रचुर सम्भावना बोकेको पालिका भएकाले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थानीय नागरिकहरुकै अनुरोधमा गुम्बा निर्माण कार्य अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष केशव महतको भनाइ रहेको छ । लिखुतामाकोशी गाउँपालिकाको सदरमुकाम समेत रहेको धोबी डाँडामा हिन्दु लगायत अन्य धर्म मान्ने नागरिकहरूको लागि विभिन्न देवलय तथा मन्दिरहरू रहेको भए पनि बौद्ध धर्म मान्ने नागरिकको लागि सुविधा सम्पन्न गुम्बा तथा सतल नभएको र सबै धर्म मान्ने नागरिकलाई एकै ठाउँमा जोड्दै धार्मिक सहिष्णुता समेत कायम गर्ने गरी गुम्बा निर्माण कार्य सुरु गरिएको उनको भनाइ रहेको छ ।

गएको आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर गुम्बा निर्माण गर्ने योजना बनाएको लिखुतामाकोशी गाउँपालिकाले चालू आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का प्रक्रिया मार्फत नै निर्माण कार्य सुरु गरेको हो ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper