Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार निर्माण गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन् । मन्थली नगरपालिका क्षेत्रभित्र उत्पादित तथा प्रशोधित कृषि, पशुपन्छी तथा उद्यमजन्य वस्तुहरूको नगरस्तरीय कृषि तथा लघु उद्यम विकास प्रदर्शनी मेला २०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उनले कृषि पेशालाई जीवनोपयोगी, आकर्षक र दिगो बनाउनु आजको मुख्य आवश्यकता भएको बताए हुन् । उनले मन्थली नगरपालिकाले कृषकलाई आफ्ना उत्पादन जनतासमक्ष प्रस्तुत गर्ने, गुणस्तरको प्रतिस्पर्धा गराउने र बजारीकरणतर्फ उन्मुख गराउने उद्देश्यले मेला आयोजना गरेकोमा प्रशंसा गरे । यस्ता प्रदर्शनीले कृषकबीच अनुभव आदान–प्रदान, समस्या साझा गर्ने र समाधान खोज्ने अवसर सिर्जना गर्ने उनको भनाइ थियो ।

मन्त्री पौडेलले व्यावसायिक रूपमा कृषि कर्ममा संलग्न किसानलाई यस्ता मेला अत्यन्त उपयोगी हुने उल्लेख गर्दै भने, “यो केवल प्रदर्शनी होइन, कृषकहरूबीच छलफल, अन्तक्र्रिया र सिकाइको साझा थलो हो । कसको उत्पादन कस्तो छ भन्ने कुरा किसानले एकअर्काबाट सिक्ने अवसर यहीँ हुन्छ ।”

कृषि पेशाबाटै जीवन धान्न सक्ने वातावरण बनाउन तीनै तहका सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले नगरपालिकाले आफ्नो क्षेत्रको माटोको गुणस्तर, उत्पादनको सम्भावना र किसानलाई आवश्यक सहयोगबारे स्पष्ट योजना बनाउनुपर्ने बताए । त्यसका आधारमा प्रदेश सरकारले लगानी र सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । उनले मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र छिट्टै सञ्चालनमा ल्याइने स्पष्ट गरे । उनका अनुसार चालू आर्थिक वर्षमा चिस्यान केन्द्रको घेराबारा, शौचालय निर्माण तथा सञ्चालनको पूर्वतयारीका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । नगरपालिकाले काम सुरु गरिसकेको जानकारी पाएको बताउँदै उनले काम सम्पन्न हुनेबित्तिकै केन्द्र सञ्चालनमा ल्याइने बताए ।

प्रदेशभर निर्माण भएका चिस्यान केन्द्रहरूको प्राविधिक अवस्था अध्ययन गरिने जानकारी दिँदै उनले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरेर प्राविधिक परीक्षण गराइने बताए । अध्ययनबाट मर्मत आवश्यक देखिए तत्काल मर्मत गरी चिस्यान केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिने उनले बताए । “चिस्यान केन्द्र किसानकै लागि बनाइएको हो । किसानले सिजनमा उत्पादन भएको तरकारी, फलफूल र आलुजस्ता बाली सुरक्षित भण्डारण गरेर अफ–सिजनमा बिक्री गर्न सकून् भन्ने उद्देश्य हो,” उनले उल्लेख गरे ।

कृषि मलको अभाव किसानको ठूलो समस्या बनेको स्वीकार गर्दै मन्त्री पौडेलले यस विषयमा गम्भीर ध्यान दिन आवश्यक रहेको बताए । उनले मन्थली नगरपालिकाको उदाहरण दिँदै वार्षिक करिब १६ सय मेट्रिक टन मल आवश्यक पर्ने भए पनि केन्द्र सरकारबाट ३५० देखि ४०० मेट्रिक टन मात्र आपूर्ति हुँदै आएको बताए । यसले किसान समयमा मल नपाएर समस्यामा पर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

मल आयात गर्ने अधिकार केन्द्र सरकारसँग मात्र रहेको स्पष्ट गर्दै उनले बागमती प्रदेश सरकारले प्रदेशभित्रका ११९ वटै स्थानीय तहको संयुक्त माग संकलन गरिसकेको बताए । उक्त माग लिएर केन्द्र सरकारसँग छलफल गरी आगामी बर्खेबाली लगाउने समयअगावै पर्याप्त मल आपूर्ति गराउन पहल गरिने उनले बताए । उनले कृषि क्षेत्रमा बीउबिजनको गुणस्तर, बालीनालीमा लाग्ने रोग, प्राविधिक सहयोग र पशुपालन व्यवसायलाई पनि सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । विशेष गरी रैथाने बालीको संरक्षण गर्दै आधुनिकीकरणतर्फ जानुपर्नेमा उनले जोड दिए ।

मन्त्री पौडेलले किसानलाई तीन वर्गमा विभाजन गर्दै निर्वाहमुखी किसान, मध्यम स्तरका व्यवसायिक किसान र ठूलो लगानी गर्ने किसान रहेको बताए । आगामी दिनमा निर्वाहमुखी र साना किसानलाई लक्षित गरी विशेष सहायता कार्यक्रम ल्याइने जानकारी दिँदै उनले दुईवटा गाई वा भैँसी पालेका किसानलाई थप पशु उपलब्ध गराएर व्यवसाय विस्तार गर्न सहयोग गरिने बताए ।

आगामी बजेटमा किसानको बजारीकरण, उत्पादन वितरण र मूल्य सुनिश्चितताका लागि पनि कार्यक्रम समेटिने मन्त्री पौडेलको दाबी रहेको छ । त्यसका लागि नगरपालिकाले आवश्यकता पहिचान गरी प्रस्ताव ल्याए प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । कार्यक्रममा उठेको कभर्ड हल अलपत्र परेको विषयमा पनि ध्यानाकर्षण गराउँदै उनले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी समस्या समाधानका लागि पहल गरिने बताए ।

मन्त्री पौडेलले किसानको परिश्रमबिना देशको विकास सम्भव नहुने उल्लेख गर्दै कृषि क्षेत्रमा लागेका किसानलाई निरन्तर मेहनत गर्न आग्रह गरे । प्रदेश सरकार किसानको साथमा रहेको दोहो¥याउँदै उनले किसानसँग हातेमालो गरेर मात्र कृषि र देशलाई अगाडि बढाइने बताए ।

कार्यक्रममा उठेका राजनीतिक बहसबारे पनि मन्त्री पौडेलले आफ्नो धारणा राखेका थिए । उनले लोकतान्त्रिक गणतन्त्र सबैलाई बोल्ने अधिकार दिने व्यवस्था भएको उल्लेख गर्दै विचार राखेकै कारण कसैलाई दण्डित नगरिने बताए । “लोकतन्त्र भनेकै सबैले आफ्ना कुरा राख्न पाउने व्यवस्था हो,” उनले बताए । उनले राजनीतिक प्रतिस्पर्धा जनताको हितका लागि हुनुपर्ने उल्लेख गर्दै बहस र छलफलबाट सरकार डराउने अवस्था नरहेको बताए । गणतन्त्र र लोकतन्त्र जनताको बलिदानबाट स्थापित भएको भन्दै उनले राजनीतिक बहस संसद र चुनावी मैदानमार्फत समाधान हुनुपर्ने बताए ।

हाल देशमा देखिएको अस्थिरता र आन्दोलनका सन्दर्भमा बोल्दै उनले हिंसा, आगजनी र सार्वजनिक संरचना जलाउने कार्यलाई आन्दोलन भन्न नसकिने बताए । यस्ता गतिविधि गर्नेहरू राष्ट्रविरोधी भएको उल्लेख गर्दै उनले जनताले त्यस्ता तत्वलाई चिन्न आवश्यक रहेको बताए ।

उनले संविधान २०७२ जनताको बलिदानबाट बनेको दस्तावेज भएको उल्लेख गर्दै संविधानविरुद्ध हुने गतिविधिको जवाफ जनताले निर्वाचनमार्फत दिने बताए । राजनीतिक विवाद समाधानको अन्तिम थलो जनताकै मत भएको उनको भनाइ थियो ।

Related Posts

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी
समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२
0

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते...

पुरा पढ्नुहोस्
मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने
समाचार

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२
0

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाले गत सोमबार तामाकोशी नदीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई काजकिरिया र शववाहन खर्च...

पुरा पढ्नुहोस्
लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा
समाचार

लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२
0

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाको धोबी डाँडामा ध्यानलय अर्थात् गुम्बा बन्ने भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धोबी डाँडामा गाउँपालिकाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper