Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गाउँमै बन्‍न थाल्यो कोदोको बिस्कुट, आत्मनिर्भरतातर्फ लिखुतमाकोशीका महिला

संवादाताः रामचन्द्र वि.क.
जेष्ठ २४, २०८२

रामेछाप- रामेछापको लिखुतमाकोशी गाउँपालिकाका महिलाहरूले गाउँमै उत्पादित कोदोबाट बिस्कुट बनाउने सीप सिकेर आत्मनिर्भरतातर्फ कदम चालेका छन् । गाउँपालिकाको वडा नं. १ दुरागाउँका २५ जना महिलाहरूले १५ दिनसम्म सञ्चालन गरिएको सीपमूलक तालिममार्फत बिस्कुट बनाउने कला आर्जन गरेका हुन् ।

बागमती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय र लिखुतमाकोशी गाउँपालिकाको साझेदारीमा सञ्चालित ‘गृहिणी महिला सशक्तिकरण कार्यक्रम’ अन्तर्गत तालिम सञ्चालन गरिएको थियो । तालिममा सहभागी महिलाहरूलाई मैनावती एग्रिकल्चर डेभलपमेन्ट प्रालिको प्राविधिक सहयोगमा कोदोको सही प्रशोधन, बिस्कुट बनाउने विधि र प्याकेजिङ सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

शुक्रबार सम्पन्न तालिम समापन कार्यक्रममा सहभागी महिलाहरूले आफैंले तयार पारेको कोदोको बिस्कुट अतिथिहरूलाई खुवाउँदै आफ्नो सीप प्रदर्शन गरेका थिए । सहभागी यलिसा सुनुवारले गाउँमै उत्पादित कच्चा पदार्थबाट धेरै मूल्य पर्ने वस्तु उत्पादन गर्न पाउँदा आत्मविश्वास बढेको अनुभव सुनाइन् । “हामीले आफ्नै गाउँमा उत्पादन भएको कोदोबाट बिस्कुट बनाउन सिक्यौं, ” उनले भनिन्, “अब हामी आफैंले उत्पादन गरेको बिस्कुट बजारमा लैजाने आत्मविश्वाससहित अघि बढ्न सक्छौं । यो सीपले भविष्यमा आत्मनिर्भर बन्ने ढोका खोलिदिएको छ ।”

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष केशव महतले सीपयुक्त मानिसहरू समाजमा सम्मानको दृष्टिले हेर्न थालिने बताए । उनले भने, “महिलाहरूले कोदोबाट बिस्कुट बनाउन सक्ने सीप आर्जन गरेका छन्, अब गाउँपालिकाले थप प्राविधिक सहयोग गरेर उनीहरूलाई पूर्ण दक्ष बनाउने छ । साथै, महिलाहरूले बनाएको बिस्कुटलाई गाउँपालिकाभित्रका विद्यालयहरूमा खपत हुने गरी योजना बनाउँदैछौं । तर, त्यसका लागि उत्पादन धेरै हुनुपर्छ ।”

गाउँपालिका उपाध्यक्ष दिपा पाख्रिनले सिकेको सीपलाई व्यवहारमा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै उत्पादनलाई व्यावसायिक बनाउने दिशामा गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् । “बिक्रीमा समस्या आयो भने गाउँपालिका त्यसको पनि जिम्मेवारी लिन्छ, ” उनले स्पष्ट पारिन् ।

वडाध्यक्ष प्रदिप कुमार तामाङले प्रशिक्षित महिलाहरूलाई अब गाउँमै बसेर साना उद्योग सञ्चालनमा लाग्न सुझाव दिए । “तपाईंहरूले सिकेको सीप अब व्यवहारमा उतार्नुस्, हामी तपाईंहरूकै साथमा छौं, ” उनले भने ।

यो कार्यक्रममार्फत महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्य सहित तालिम संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामसिं डडालले बताए ।

लिखुतमाकोशी गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख कमला कुमारी खत्रीका अनुसार विस्कुट बनाउने तालिम गाउँपालिकाभित्र महिला सशक्तिकरणको सकारात्मक अभ्यासका रूपमा स्थापित भएको छ । “आगामी दिनमा अन्य वडाहरूलाई समेत समेटेर यस्ता कार्यक्रम विस्तार गर्दै लैजाने योजना बनाएका छौं, ” खत्रीले भनिन् । तालिममा प्राविधिक सहयोग पु¥याएको मैनावती एग्रिकल्चर डेभलपमेन्ट प्रालिका अध्यक्ष युवराज सुवेदीका अनुसार महिलाहरूलाई बिस्कुट उत्पादनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू पनि प्रदान गरिएको छ । “अब महिलाहरू गाउँमै साना घरेलु उद्योग सञ्चालन गर्न सक्षम भएका छन्, ” उनले बताए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper