Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

ट्रेड युनियन काँग्रेस रामेछापको माग: न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याऊ

संवादाताः कुमार श्रेष्ठ
असार २८, २०८०

रामेछाप– ट्रेड युनियन काँग्रेस रामेछापले श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउन माग गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई १५ हजार कायम रहेको न्यूनतम पारिश्रमिकलाई वृद्धि गरेर २५ हजार पुर्‍याउन माग गर्दै ट्रेड युनियन काँग्रेस रामेछापले ज्ञापन पत्र बुझाएको हो ।

नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक २/२ वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागु गर्नुपर्ने विषयमा ट्रेड युनियन काँग्रेस कटिबद्ध उल्लेख गर्दै सोही व्यवस्था बमोजिम २०८० आषाढ मसान्तमा त्रिपक्षीय आधारमा न्यूनतम पारिश्रमिक निर्धारण गरी श्रावण देखि लागु गर्नुपर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियनबिच पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेपछि देश भरीबाट श्रम मन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको ट्रेड युनियन जिल्ला समिति रामेछापले जनाएको छ ।

ट्रेड युनियन काँग्रेस रामेछाप जिल्ला समितिका अध्यक्ष अर्जुन बहादुर श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा रोजगारदाताका साथै सरकार समेत श्रमजीवीको न्यूनतम पारिश्रमिकमा गम्भीर नभएको, सरकार आफैले कानुन विपरीत देशमा दुई प्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरी गम्भीर विभेद गरिरहेको, सरकारी कार्यालयमा कार्यालय सहयोगीलाई समेत मासिक २६ हजार तोकिएको अवस्थामा वर्तमान समयको कहालीलाग्दो मूल्य वृद्धि, महँगीमा मासिक १५ हजारमा श्रमजीवीले कसरी जीवनयापन गर्दछन् भन्ने गम्भीर प्रश्न उठेको उल्लेख गर्दै विशेषतः अनौपचारिक र उत्पादन क्षेत्रमा संलग्न लाखौँ श्रमिकलाई बजार मूल्य वृद्धिको दाँजोमा अव्यवहारिक र अपुग पारिश्रमिक निर्धारण गरी कसरी उत्पादकत्व वृद्धि र देश समृद्ध बनाउन सकिन्छ ? भन्ने प्रश्न समेत लेखिएको छ ।

यदि अहिलेको आकासिँदो महँगीको वर्तमान अवस्थामा चिया बगान लगायत सबै क्षेत्रका श्रमिकहरूलाई एकरूपता कायम हुने गरी न्यूनतम पारिश्रमिक मासिक २५ हजार निर्धारण नभए श्रमजीवीहरूको हकहित र अधिकारका लागि नेपाल ट्रेड युनियन काँग्रेस कडा भन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत ज्ञापन पत्रमा उल्लेख छ ।

नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समितिको अध्यक्ष अर्जुन श्रेष्ठको नेतृत्वमा नेपाल ट्रेड युनियन काँग्रेसमा आबद्ध संगठन एवं शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि सहितको टोलीले ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्र बुझ्दै रामेछापका प्रमुख जिल्ला अधिकारीले अनिता निरौलाले श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउन माग गर्दै आफूलाई बुझाएको ज्ञापन पत्र तत्काल सम्बन्धित निकायमा पठाउने बताइन् ।

यस अघि न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउन माग गर्दै प्रधानमन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलाई मोबाइल म्यासेज पठाउने काम गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper