Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गोकुलगंगा गाउँपालिकाको पहिलो निर्णयः गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

संवादाताः कुमार श्रेष्ठ
जेष्ठ १२, २०७९

रामेछाप– गोकुलगंगा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले दुई निर्णय गर्दै कार्यभार सम्हालेका छन् । नव निर्वाचित अध्यक्ष खड्काले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र वडा नं १ देखि वडा नं ६ सम्मका जेष्ठ नागरिकलाई सम्मान गर्ने दुई निर्णय गर्दै आफ्नो कार्यभार सम्हालेका हुन् ।

बुधवार आफ्नो पाँच वर्षे कार्यकालको शुभारम्भ गरेका अध्यक्ष खड्काले गोकुलगंगा गाउँपालिका भित्रका गर्भवती महिलाहरुले आर्थिक अभावको कारण उचित स्वास्थ्य सेवा प्राप्त गर्नको लागि अस्पताल सम्म पुग्न नसकी अकालमा ज्यान गुमाउनु परेको घट्नाहरु धेरै भएकाले त्यस्ता महिलाहरुलाई सहयोग पु¥याउने उद्देश्यले पहिलो निर्णय गरेर कार्यभार सम्हालेका छन् । गाउँपालिका मातहात रहेका एम्बुलेन्स मार्फत स्वास्थ्य संस्था सम्म पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने निर्णयमा उल्लेख छ ।

त्यस्तै गाउँपालिकामा रहेका सम्पूर्ण जेष्ठ नागरिकहरु प्रेरणाका श्रोतहरु भएकाले उहाँहरुलाई राज्यले सम्मान गर्नु पर्ने कुरालाई ध्यानमा राख्दै पालिकाभरीका जेष्ठ नागरिकलाई उचित सम्मान गर्ने अर्को निर्णय पनि गरेका छन् ।

नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष खड्काले जनताको भावना अनुसार काम गर्ने प्रतिवद्धता जनाउँदै गोकुलगंगाबासीको आवश्यकतालाई मुख्य केन्द्रमा राखेर फास्ट ट्रयाकबाट काम सुरु गरिने धारणा व्यक्त गरेका छन् । अध्यक्ष खड्काले पाँच वर्षको कार्यकालमा सबैको सुझाव लिएर पालिकावासीको आवश्यकतालाई पहिचान गरेर आफ्नो टिम अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै नवनिर्वाचित उपाध्यक्ष उषा देवी कार्कीले पनि आफ्नो कार्यभार सम्हालेकी छिन् । उपाध्यक्ष कार्कीले आफ्नो कार्यकालमा नागरिकको आवश्यकता अनुसार नागरिक मैत्री सेवा दिने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । उपाध्यक्षले आफू विधि र पद्धतीमा रहेर सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएकी छिन् ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper