Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

‘डिभिजन बन कार्यालयलाई निरन्तरता मात्रै दिन खोज्यौँ’– मन्त्री खड्का

संवादाताः हाम्रो प्रहार
माघ २६, २०७८

रामेछाप– वागमती प्रदेशका बन तथा वातावरण मन्त्री विशाल खड्काले प्रदेश अन्तरगत रहेका डिभिजन बन कार्यालयहरुले विगत देखिका कामहरुलाई मात्रै निरन्तरता दिँदै आएकाले अब निरन्तरतालाई थप व्यवस्थापन गर्दै प्राकृतिक स्रोतको उचित रुपमा प्रयोग गरेर बनका स्रोतलाई नेपालको समृद्धीसँग जोड्नु पर्ने बताएका छन् । आइतवार आकस्मिक डिभिजन बन कार्यालय रामेछापमा आइपुगेका मन्त्री खड्काले संघीयताले जे कल्पना गरेको थियो त्यो नभएर डिभिजन बन लगायतका कार्यालयहरुले आफूसँग भएका कामलाई मात्रै निरन्तरता दिएको तर, नयाँ पन नखोजिएकाले त्यसलाई सुधार गरेर जानु पर्ने बताएका हुन् । खड्काले अब बन कार्यालयले दुई चार हजार विरुवा वितरण गरेर वा वनपैदावार चोरी गर्नेलाई कारबाही गरेर जरिवना लिने कामले मात्रै बन कार्यालयको अस्तित्व नहरहने बताउँदै अब सामान्य भन्दा पनि नागरिकको आर्थिक समृद्धीसँग जोडेर काम गर्नु पर्ने धारणा राखे ।

मन्त्री खड्काले अहिले प्राकृतिक स्रोत साधनको दोहन व्यापक बढेर गएको बताउँदै त्यसलाई नियन्त्रण गरेर हामीले खोजेको समृद्धीसँग बनमा भएका प्राकृतिक स्रोत साधानलाई प्रयोग गर्दै अगाडि बढ्नु पर्ने धारणा राखे । योजना तर्जुमा गर्दा नीतिगत हिसाबले प्राकृतिक स्रोत साधानलाई सदुपयोग गर्ने सवालमा त्यसको समित्व राज्यको हुने की ? नागरिक हुने ? वा साझेदारी मोडलमा जाने भन्ने विषयमा नै अस्पष्टता देखिएकाले त्यस विषयमा प्रदेश सरकार बन तथा वातावरण मन्त्रालयले समधानको बाटो खोजी रहेको मन्त्री खड्काले बताए ।

बागमती प्रदेशको रामेछाप लगायतका जिल्लाहरुमा धेरै जमिन खाली रहेको र त्यस्ता जमिनहरुमा नागरिकको समृद्धीमा समेत सहयोग पुग्ने गरी उत्पादनमूलक वा आम्दानी दिने प्रजातिका रुख विरुवा रोपेर हरियाली बनाउ आवश्यक रहेको उनले बताए ।

बागमती प्रदेशको बन तथा वातावरण मन्त्रालय अन्तरगतका कार्यालयहरुमा अहिले सम्म बहुवर्षे योजनाहरु सुरु नभएको बताउँदै बन तथा वातावरण मन्त्री खड्काले आफू मन्त्री भएपछि मन्त्रीपरिषद्बाट बहुवर्षे योजना स्वीकृत भइसकेकाले अब त्यही अनुसार मन्त्रालय अगाडि बढ्ने भनाई राखे ।

केही सरकारी कार्यालयमा अहिले सम्म थोरै मात्रामा आउने गरेको बजेट पनि पहुँचको आधारमा सासंद, नेताहरु र उनिहरुको आफन्तको संरक्षणमा खर्च गरेर कार्यालयको दुरुपयोग भएको आरोप लगाउँदै मन्त्री खड्काले त्यस्ता कार्यलाई तत्काल रोकेर नागरिकको पक्षमा काम गर्ने गरी आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

डिभिजन बन कार्यालय रामेछापका प्रमुख रामकृष्ण केसीले कार्यालयको चालु आर्थिक वर्षको कार्यक्रम र भविष्यमा गर्न सकिने केही दीर्घकालिन योजनाको बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । मन्त्री खड्काले डिभिजन बन कार्यालयले केही दीर्घकालिन योजना समेत प्रस्तुत गरेर मन्त्रालयको ध्यानाषर्कण गराएको भन्दै वहुवर्षे योजनाहरु बनाएर मन्त्रालयमा पेश गर्न अनुरोध गरेका छन् ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper