Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

कृषिमा रामेछापका युवाहरुको आकर्षणः साथ दिँदै प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना

संवादाताः श्रीधर घिमिरे
असार १९, २०७७

रामेछाप– आफ्नो गाउँघर सुन्ने बनाएर रोजगारीको खोजीमा विदेश भौतारिएका युवाहरु अर्काको भूमीमा बगाउने पसिना आफ्नै गाउँको बनपाखामा बगाएर समृद्धिको खोजीमा लागेका छन् । मलेसियामा चार वर्षको लामो बसाई पछि तीन वर्ष अघि मलेसियाबाट फर्केका रामेछापको सुनापति गाउँपालिका–५ का कृष्ण कुमार मानन्धरले विदेशमा गरेको मेहनत आफ्नै बनपाखामा गर्न सके पैसा कमाउन अरुको देश जानु नपर्ने सोचका साथ अहिले गाउँमै बाख्रा पालनमा जुटेका छन् ।

विदेशबाट फर्केपछि उनि सहित ६ जनाको समूह मिलेर मन्दरधोङ बाख्रा फार्म स्थापना गरेर अहिले आफ्नै गाउँघरको बनपाखामा कृषि कर्ममा रमाइ रहेका छन् । यो समूहमा उनि बाहेक अरु तीन सदस्य पनि बैदेशिक रोजगारीमा गएर फर्केकानै छन् । यसरी आफ्नै गाउँमा पसिना बगाएर आम्दानी लिने सोचमा रहेका युवाहरुको समूहलाई सदरमुकाम मन्थलीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले पनि साथ दिएको छ ।

७५ ओटा बाख्रा रहेको फार्ममा केही समय अघि परियोजनाले उन्नत जातको बाख्रा उत्पादन गरी आम्दानीमा बृद्धि गर्न ५० प्रतिशत अनुदानमा बोयर जातको एउटा बोका दिएको छ । त्यस्तै परियोजनाले बाख्रा पालक कृषकलाई बाख्रा ढुवानी, बाख्रलाई आवश्यक पर्ने दाना ढुवानी, घाँस ढुवानी लगायतका काममा सहयोग पुग्ने उद्देश्यले कच्ची सडकमा समेत सहजै गुढ्ने बोलेरो गाडी पचास प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख होमनाथ लम्सालले भने– ‘जिल्लामा जुनार जोन, आलु जोन र बाख्रा जोन कार्यक्रम संचालनमा रहेका छन् । जोनको मापदण्ड भित्र पर्ने समूह, कृषि सहकारी, लगायतलाई हामीले पचास प्रतिशत अनुदानमा विउविजन देखि विभिन्न प्रविधिहरु उपलब्ध गराई रहेका छौँ । सोही अनुसार बाख्रा जोन कार्यक्रम अन्तरगत पर्ने मन्दरधोङ बाख्रा फार्मलाई पचास प्रतिशत अनुदानमा ढुवानीको साधन बोलेरो उपलब्ध गराएका हौँ । हामीले उपलब्ध गराएको ढुवानीको साधनले उहाँहालाई धेरै सहयोग पुग्ने अपेक्ष लिएका छौं ।’

लम्सालका अनुसार उक्त फार्मलाई ढुवानीको साधन खरिद गर्नको लागि पचास प्रतिशत अनुदान बापत ११ लाख ९२ हजार एक सय ५२ रुपैयाँ ५० पैसा परियोजनाले उपलब्ध गराएको छ ।

परियोजनाले विहिबार बाख्रा जोनका अध्यक्ष भिम कुमार श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी सुनपाति गाउँपालिकाका अध्यक्ष धावा लामा मार्फत फार्मलाई उक्त ढुवानीको साधन उपलब्ध गराएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष लामाले परियोजानले पशुपालक किसानहरुलाई उपलब्ध गराईएको ढुवानीको साधनले सुनापति गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकता परेको कृषिलाई थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले सुनापति गाउँपालिकाको कृषि प्रणाली यान्त्रीकिकरणमा प्रवेश गरेको समेत बताए ।

मन्दरधोङ बाख्रा फार्मका अध्यक्ष धन बहादुर मानन्धरले बाख्रा पालनको लागि अहिले सम्म ३५ लाख माथि खर्च भएको बताए । उनले भने– ‘अहिले सम्म हामीले ३५ लाख भन्दा माथि लगानी गरीसकेको छौं । आहिले सम्म यहाँ उत्पादित बाख्रा तथा बोका विक्रीमा समस्या छैन । हामीले अपेक्षा गरेअनुसारको आम्दानी पनि भइरहेको छ । हाम्रो व्यावसयलाई अझै बढाउने सोचमा छौं । बाख्रा उत्पादन बृद्धि गराउन सहयोग पुग्ने उन्नत जातको बोयरको बोका र ढुवानीको लागि गाडी अनुदानमा उपलब्ध गराईदिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रति पनि हामी आभारी र्छौ ।’

जिल्लामा सयौंको संख्यामा कृषिमा लागेका कृषकहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले जुनार जोन, आलु जोन र बाख्रा जोन मार्फत पचास प्रतिशत अनुदानमा विभिन्न सहयोग गर्दै आएको छ ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper